July 29, 2021, Thursday
२०७८ श्रावण १४, बिहीबार

कोरोना संक्रमणमा हेलचेक्र्याइँ: पाँच दिनयता बढ्यो संक्रमितको संख्या

काठमाडौं, कोरोना भाइरस संक्रमित संख्या पाँच दिनयता ह्वात्तै बढेको पाइएको छ । फागुन अन्तिम साता २ अंकमा झरेको संक्रमित संख्या उकालो लागेको हो ।

मुख्यतः भारतमा संक्रमण दर फैलिनु र हेलचेक्र्याइँका कारण संक्रमित संख्या बढेको जनस्वास्थ्य विज्ञले बताएका छन् । गत सोमबार १ सय ५०, मंगलबार १ सय ८८, बुधबार १ सय ४५, बिहीबार १ सय २० र हिजो शुक्रबार १ सय ५६ नयाँ संक्रमित थपिएका छन् ।

संक्रमित संख्या बढे पनि परीक्षण दर अत्यन्त न्यून छ । सरकारले दैनिक १० हजारभन्दा बढीको कोरोना परीक्षण गर्ने क्षमता रहेको बताए पनि कार्यान्वयनमा आउन सकेको छैन ।राजधानी दैनिकबाट

शीर्ष समाचार

धेरै पढिएको