April 19, 2024, Friday
२०८१ बैशाख ८, शनिबार

महाकाली नदीमा नेपालको सहमतिबिनै तटबन्ध निर्माण गर्दै भारत

file photo

काठमाडौं, सीमा नदीमा तटबन्ध बनाउँदा दुवै देशको सहमति लिनुपर्नेमा भारतले सहमतिबिनै तटबन्ध निर्माण गरिरहेको छ । भारतले गत पुसदेखि महाकाली नदीमा आफ्नोपट्टि बाँध निर्माण गरिरहेको हो ।

२०७० सालमा भारतले २ सय ८० मेगावाट विद्युत उत्पादन हुने धौलीगंगा बाँधको ढोका खोल्दा महाकाली नदीमा पानीको बहाव उच्च भइ नेपालतर्फका १ सय ४७ घर बगेका थिए । नेपालको १ हजार ५७ रोपनी जमिन बगेको थियो । उतिबेला नदीले धार परिवर्तन गर्दा नेपालको ३५ हेक्टर जमिन भारततर्फ गएको छ । अहिले भारतले उतिबेला बगरमा परिणत भएको जमिनमा तटबन्ध निर्माण गरिरहेको छ ।

आगामी दिनसमेत नदीमा पानीको बहाव बढेमा नेपालका गल्फै, नमस्कार, उकु, बाँकु, लाली, धामदत्तु लगायत गाउँबस्ती जोखिममा रहनेछन् भने हजारौँ हेक्टर उर्वर भूमि बग्ने निश्चित देखिन्छ । जबकि २०७० सालमा दार्चुलामा बाढी गएको बेला नेपालले तटबन्ध निर्माण गर्न दार्चुलाका सीडीओ र भारततर्फका जिल्ला अधिकारी (डीएम) का साथै प्राविधिक टिमसँग सहमति भएको थियो । त्यतिमात्रै नभइ नेपाल भारतको उच्चस्तरीय टोली ज्वाइन्ट स्टान्डिङ टेक्निकल कमिटीबीच समेत सहमति भएको थियो ।आजको राजधानी दैनिकमा समाचार छ ।

शीर्ष समाचार

धेरै पढिएको