April 20, 2021, Tuesday
२०७८ बैशाख ७, मंगलवार

अबको तीन वर्षभित्र सबै स्थानीय तहका प्रशासनिक भवन निर्माण हुने

  • 20
    Shares

काठमाडौं, अबको तीन वर्षभित्र सबै स्थानीय तहका आफ्नै प्रशासनिक भवन निर्माण हुने भएको छ । सम्बन्धित स्थानीय तह र सङ्घीय सरकारको लागत साझेदारीमा स्थानीय तहको प्रशासनिक भवन निर्माण हुन लागेका हुन् । कुल ७५३ स्थानीय तहमध्ये पुराना केही स्थानीय तहबाहेक अधिकांश स्थानीय तहका प्रशासनिक भवन छैनन् ।

सरकारले सबै स्थानीय तहका आफ्नै प्रशासनिक भवन निर्माण गरिसक्ने गरी काम धमाधम अगाडि बढाइरहेको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गतको स्थानीय पूर्वाधार विभागले जनाएको छ ।

विभागका प्रवक्ता अशोककुमार साहले आगामी तीन वर्षभित्र सबै स्थानीय तहले आफ्नै प्रशासनिक भवन निर्माण गरिसक्ने गरी काम धमाधम अगाडि बढाइरहेको बताए । उनका अनुसार ७३५ स्थानीय तहको प्रशासनिक भवन निर्माण हुन बाँकी छन् ।

गत आर्थिक वर्षमा ११ वटा स्थानीय तहको प्रशासनिक भवन निर्माण सम्पन्न भइसकेका छन् । अहिले ठेक्का सम्झौता भई ५४ वटा स्थानीय तहका प्रशासनिक भवन निर्माणाधीन अवस्थामा छन् । चालू आर्थिक वर्षमा ४१ वटा स्थानीय तहका प्रशासनिक भवन निर्माण सम्पन्न हुनेछन् ।गोरखापत्रबा

शीर्ष समाचार

धेरै पढिएको