June 16, 2021, Wednesday
२०७८ असार २, बुधबार

मिर्गौला रोगको स्वदेशमै परिक्षण

काठमाडौं, नेपालमा मिर्गौला रोगका बिरामीहरू दिनहुँ बढिरहेका छन् । उच्च रक्तचाप, खानपानमा लापरबाही, नियमित स्वास्थ्य परीक्षण नगर्ने बानीले गर्दा मानिसको मिर्गौलाले काम नगर्ने भएको चिकित्सकहरुको भनाइ छ ।

स्वास्थ्यमा ध्यान नदिँदा मिर्गौला खराब भएको पत्तै नहुने र पछि अवस्था जटिल बनिसकेपछि मात्र मानिसहरू स्वास्थ्य संस्थामा जाने गर्नाले समस्या उत्पन्न भएको हो । नेपालमा वर्षेनि तीन हजार पाँच सय जनाको मिर्गौला खराब हुने गरेको अनुमान गरिएको छ ।

वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. पुकारचन्द्र श्रेष्ठले पछिल्लो समय सानै उमेरमा पनि मिर्गौला खराब हुने गरेको बताएका छन् । डा. श्रेष्ठले आफ्नो स्वास्थ्यमा खराबी आउनुभन्दा पहिले अस्पताल गई परीक्षण गरेमा मिर्गौला रोगबाट बच्न सकिने जानकारी दिए ।

मानिसहरू आफ्नो स्वास्थ्यको हेरचाह नगरी स्वास्थ्य अवस्था बिग्रिसकेपछि मात्र मृर्गौला रोगको उपचारमा आउने गरेको उनको भनाइ छ । वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. श्रेष्ठले बालबालिकाहरूले पनि वर्षको एक पटक मिर्गौला परीक्षण गर्दा रोग लागे नलागेको थाहा हुने बताए ।

सिन्धुपाल्चोककी सुनिता केसी (नाम परिवर्तन) भक्तपुरको क्याम्पसमा स्नातकोत्तर तहमा अध्ययन गर्थे । बुबा एक विद्यालयमा सुरक्षा गार्डको जागिर गर्ने भएकोले आर्थिक अवस्था त्यति राम्रो थिएन । त्यसैले उनले साना कक्षाका विद्यार्थीहरुलाई ट्युसन पढाएर आफ्नो कलेज खर्च धानेकी थिइन् । २२ वर्षीया सुनितालाई केही महिना अघि मात्र अत्याधिक टाउको दुख्ने, आँखा दुख्ने समस्या देखापर्‍यो ।

खप्न नसकेपछि भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय अङ्ग प्रत्यारोपण केन्द्रमा स्वास्थ्य परीक्षण गराउँदा मिर्गौला खराब भएको पाइयो । केही दिन त उनले आँखा पनि देखिनन । अहिले उनी नियमित डाइलासिसमै हुनुहुन्छ । आर्थिक अवस्था कमजोर भएका कारण ट्युसन पढाएर पढाइखर्च धानेकी सुनितालाई डायलासिस धान्न पनि कठिन छ ।गोरखापत्रबाट

शीर्ष समाचार

धेरै पढिएको