April 18, 2024, Thursday
२०८१ बैशाख ६, बिहीबार

एमाले र माओवादी केन्द्र पुर्वतत् कायम: निर्वाचन आयोग

काठमाडौं, सर्वोच्च अदालतको आदेशअनुसार निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)लाई दुवै पार्टीको अवस्था एकीकरण पूर्वको अवस्थामा कायम भएको सूूचित गर्दै पुनः एकीकरणको मार्ग समेत खुला गरेको छ ।

आयोगले दुवै पार्टीले पुनः एकीकरण गर्न चाहेमा आ–आफ्नो दलको केन्द्रीय कार्यसमितिको बैठकबाट निर्णय गराई १५ दिनभित्र आयोगमा निवेदनसहित उपस्थित हुनका लागि पत्राचार गर्ने निर्णय गरेको छ । प्रमुुख आयुुक्त दिनेशकुमार थपलियाको अध्यक्षतामा मङ्गलबार बसेको आयोग बैठकले यस्तो निर्णय गरेको हो । सर्वोच्चको आदेशबाट केपी शर्मा ओली र पुुष्पकमल दाहाल ‘प्रचण्ड’ अध्यक्ष रहेको नेपाल कम्युुनिस्ट पार्टी (नेकपा) खारेज भएपछि आयोगले यो पछिल्लो निर्णय गरेको छ ।

आयोग बैठकले गोपाल किराँती अध्यक्ष रहेको नेपाल कम्युुनिस्ट पार्टी (माओवादी केन्द्र) र सन्ध्या तिवारी अध्यक्ष रहेको नेपाल कम्युुनिस्ट पार्टी (एकीकृत माक्र्सवादी–लेलिनवादी)लाई अर्को नयाँ दलको नाम र चिह्न लिनका लागि १५ दिनभित्र सुधारसहितको विवरण आयोगमा पेस गर्न आदेश दिएको छ । आयोगको पछिल्लो निर्णयसँगै केपी शर्मा ओली अध्यक्ष रहेको एमाले र पुुष्पकमल दाहाल ‘प्रचण्ड’ अध्यक्ष रहेको नेकपा (माओवादी केन्द्र) २०७५ जेठ २३ अगाडिको अवस्थामा कायम भएका छन् ।

यी दुई दल २०७४ सालको प्रदेश सभा र सङ्घीय संसद्को निर्वाचनमा एउटै घोषणापत्र लिएर निर्वाचनमा गएका थिए । दुुई दल मिलेर निर्वाचनमा जाँदा झन्डै दुुई तिहाइ नजिकको मत पाएका थिए । एकीकरण भएको तीन वर्ष नपुुग्दै पार्टीभित्रको आन्तरिक किचलो बढ्दै जाँदा प्रधानमन्त्री ओलीले मध्यावधि निर्वाचनको घोषणा गर्नुभएको थियो । प्रधानमन्त्रीको प्रतिनिधि सभा विघटन गर्ने निर्णयलाई सर्वोच्चले बदर गरेको केही दिनमै पार्टी एकीकरण गर्दा जुराइएको दलको नाम ‘नेपाल कम्युुनिस्ट पार्टी (नेकपा)’ पनि खारेज गर्ने सर्वोच्चकै अर्को आदेश आएको छ ।गोरखापत्रबाट

शीर्ष समाचार

धेरै पढिएको