April 22, 2021, Thursday
२०७८ बैशाख ९, बिहीबार

सरकारी गाडीमा रातो र सेतो नम्बर प्लेट राखेर महनगर प्रशासकीय ज्ञवालीले गरे दुरुपयोग

  • 11
    Shares

काठमाडौं, काठमाडौं महानगरपालिकाले सरकारी गाडीमा रातो नम्बर प्लेट राखेर दुरुपयोग गरेको भेटिएको छ । महानगर प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीलगायतले घरायसी प्रयोजनका लागि सरकारी गाडीको प्रयोग गरिरहेका छन् । 

कोरोना महामारीको बीचमा आवश्यक नै नभए पनि पाँच महिनाअघि महानगरपालिकाले ६० लाख रुपैयाँमा नयाँ गाडी किनेको थियो । जसमा रातो नम्बर प्लेट छ । प्रदेश ३–०१–०२३ च ३७२३ नम्बरको सो गाडी प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीलगायतले व्यक्तिगत प्रयोजनका लागि प्रयोग गरिरहेका छन् ।


चार वर्षअघिदेखि काठमाडौं महानगरका प्रशासकीय अधिकृतले बा.२झ १५६४ नम्बरको सेतो प्लेटको गाडी चढ्ने गरेका छन् । ‘अहिलेसम्म कोही पनि प्रमुख प्रशासकीय अधिकृतले दुईवटा गाडी प्रयोग गरेका थिएनन् । तर, उहाँले बिदाको दिन प्रयोग गर्ने गर्नुभएको छ । दसैँको वेला पनि उहाँ त्यही गाडी लिएर घर जानुभएको थियो,’ महानगरका एक कर्मचारीले भने । कोरोना महामारी सुरु भएपछि गाडी खरिद नगर्ने निर्णय सरकारले गरे पनि त्यसविपरीत महानगरपालिकाले खरिद गरेको थियो ।

महानगरका एक कर्मचारीका अनुसार प्रजातन्त्र दिवसका दिन पनि ज्ञवाली उक्त रातो प्लेट गाडीमै राष्ट्रिय सभागृह पुगेका थिए । जहाँ पार्क गरेर उनी र मेयर विद्यासुन्दर शाक्य काभ्रेको एक कार्यक्रममा पुगेका थिए । निजी प्रयोजनका लागि प्रयोग गरिने गाडीमा लाग्ने इन्धन पनि महानगरले नै व्यहोर्दै आएको छ । नियमानुसार महानगरका सहसचिवस्तरका कर्मचारीलाई (कार्यकारी प्रमुख) ८० लिटर इन्धन दिने गरिएको छ । तर, त्यसबाहेक विभिन्न आयोग र महानगरअन्तर्गतकै विभिन्न आयोजनाले पनि तेल दिने गरेका छन् । नयाँ पत्रिकाबाट

शीर्ष समाचार

धेरै पढिएको