April 22, 2021, Thursday
२०७८ बैशाख ९, बिहीबार

हिंसामुक्त समाज निर्माण गर्न विद्यालयबाटै व्यक्तित्व विकासमा ध्यान दिन आवश्यक

काठमाडौं, राष्ट्रपति विद्यादेवी भण्डारीले हिंसामुक्त समाज निर्माणका लागि विद्यालय तहदेखि नै बालबालिकाको व्यक्तित्व विकासमा विशेष ध्यान दिनु आवश्यक रहेको बताएकी छिन् । उनले सामुदायिक विद्यालयमा भएको लगानी अनुसारको प्रतिफल आउने गरी काम गर्नुपर्ने सुझाव दिएकी हुन् ।

राष्ट्रपति भवनमा आइतबार आयोजित छलफल कार्यक्रममा उनले हिंसा न्यूनीकरण गर्न विद्यालय तहदेखि नै भूमिका निर्वाह गर्नुपर्ने बताइन् ।
सबैका लागि शिक्षाको अवधारणा कार्यान्वयन गर्दै लगानीअनुरूपको प्रतिफल हासिल गर्नुपर्ने पनि उनले बताइन् ।

उनले भनिन्, “सरकारको लगानीको नतिजा निस्कनुपर्‍यो ।” शिक्षा क्षेत्रमा अपेक्षित उपलब्धि हुन नसकेकोमा गम्भीर बन्दै उनले भनिन्, “विद्यालय तहमा अध्ययनरत बालबालिकाको व्यक्तित्व विकास गर्न कसले रोकेको छ ? कानुनले राम्रो काम गर्न रोक्छ जस्तो लाग्दैन”, उनले यस क्षेत्रमा भएका नीतिगत व्यवस्था लागू गर्न पनि सरोकारवाला पक्षलाई सचेत गराए ।

उहाँले सामुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्या घटेको भन्दै चिन्ता व्यक्त गर्नुभयो । शिक्षा र स्वास्थ्यमा वर्गविभेद हुन नहुने धारणासमेत व्यक्त गरिन । देशको इतिहास, संस्कृति, पहिचान, भाषा विद्यार्थीले बुझ्नुपर्ने बताइन् । उनले भनिन्, “विद्यालय तहमा अध्ययन गर्ने बालबालिकाको व्यक्तित्व विकासमा विद्यालय, शिक्षक र अभिभावकको सबैभन्दा ठूलो भूमिका हुन्छ । सम्पूर्ण समाज यसको महìवपूर्ण सरोकारवाला पक्ष हो । तसर्थ विद्यालय र सामाजिक सङ्गठनहरूले बालबालिकाको चरित्र निर्माणमा योगदान गर्नुपर्छ भने सरकारका सम्बन्धित निकायहरूले यस प्रक्रियाको नेतृत्व र सहजीकरण गर्नुपर्छ ।” गोरखापत्रबाट

शीर्ष समाचार

धेरै पढिएको