April 21, 2021, Wednesday
२०७८ बैशाख ९, बिहीबार

थप ५० लाख डोज कोरोना खोप खरिद गर्दै सरकार

  • 8
    Shares

काठमाडौं, सरकारले कोरोनाविरुद्धको कोभिसिल्ड खोप थप ५० लाख डोज खरिद गर्ने तयारी गरेको छ । प्रतिडोज साढे पाँच डलरका दरले खोप खरिद गर्न सरकारले उत्पादक कम्पनी भारतको सेरम इन्स्टिच्युट अफ इन्डियालाई प्रस्ताव पठाइसकेको छ । 

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिर अधिकारीले पनि ५० लाख डोज खोप खरिद गर्न लागेको बताए । तर, मूल्यका विषयमा भने जानकारी नभएको उनको भनाइ छ । सेरमले खोपको मूल्य मनलाग्दी राखेको स्वास्थ्यका अधिकारीहरूको भनाइ छ ।

तर, अहिले भने प्रतिडोज साढे पाँच डलरमा खरिद गर्ने तयारी भएको स्वास्थ्य मन्त्रालयको नीति योजना महाशाखाका एक अधिकारीले बताए । ‘सेरमसँग साढे पाँच डलरमा खोप खरिद गर्ने नेपालले प्रस्ताव पठाइसकेको छ,’ उनले भने, ‘सेरमले त्यसको जवाफ भने पठाइसकेको छैन । जवाफ प्राप्त हुनासाथ खरिद प्रक्रिया अगाडि बढाइनेछ ।’

यसअघि सरकारले भारतबाट २० लाख डोज कोभिसिल्ड खोप खरिद गरेको थियो । तीमध्ये १० लाख डोज आउन बाँकी छन् । त्यतिखेर प्रतिडोज चार डलरका दरले भुक्तानी गरिएको थियो । 

यसअघि बंगलादेशले प्रतिडोज ६ डलरमा बुक गरेको खोप अन्तिममा साढे पाँच डलरमा खरिद गरेको थियो । युरोपका कतिपय देशले तीन डलरमा पनि सेरमले उत्पादन गरेको कोभिसिल्ड खोप खरिद गरेका छन् । नयाँ पत्रिकाबाट

शीर्ष समाचार

धेरै पढिएको