April 18, 2024, Thursday
२०८१ बैशाख ७, शुक्रबार

नेपालमै उत्पादित हाइड्रोजनले सवारी साधन चलाउने

काठमाडौं, नेपालमा दुई वर्षभित्र यही उत्पादित हाइड्रोजनले सवारी साधन चलाएर देखाउने गरी  नेपाल आयल निगम र काठमाडौँ विश्वविद्यालय आवश्यक गृहकार्यमा जुटेका छन् ।

यसका  लागि  कार्यक्रम  सञ्चालन  गर्ने  गरी  निगम  र विश्वविद्यालयबीच सम्झौतासमेत भएको छ । केयूका उपकुलपति प्राध्यापक डा. भोला थापाका  अनुसार हाइड्रोजन उत्पादन तथा व्यावसायीकरणका लागि यो कार्यक्रमले नयाँ आयाम थप्नेछध्र कार्यक्रम नीतिगत, पूर्वाधार र प्रदर्शनात्मक कार्यक्रम गरी तीन क्षेत्रमा केन्द्रित गर्न खोजिएको छध्र विश्वविद्यालयले हाइड्रोजन उत्पादन तथा व्यापारका लागि सरकार  तथा निगमले गर्नुपर्ने नितीगत परिमार्जन  तथा   स्वीकार्यताका विषयमा अध्ययन गरी प्रतिवेदन  बुझाउनेछ ।

हाइड्रोजन  उत्पादनमा प्रयुक्त प्रविधिलाई  नेपाल  भित्र्याउने र त्यो प्रविधिलाई नेपालको अवस्थाअनुसार स्वीकार्यता सिर्जना गर्न रूपान्तरण  गर्नेसम्मको योजना यसमा बनाइएको छ । नेपालमा  हालसम्म हाइड्रोजनको व्यावसायिक उपयोगिता सुरु भइसकेको छैनन् । यो समाचार आजको गोरखापत्र दैनिकमा छ । 

शीर्ष समाचार

धेरै पढिएको