April 22, 2021, Thursday
२०७८ बैशाख ९, बिहीबार

एकै महीनामा साढे ५ हजार महिलाले पाए सहुलियत कर्जा

  • 1
    Share

काठमाडौं, ब्याज अनुदानको सहुलियतपूर्ण कर्जा महिला उद्यमीले पाउन सास्ती खेप्नुपरेको यसअघि गुनासो सुनिए पनि अहिले केही सुधार हुन थालेको देखिएको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थाबाट एकै महीनामा महिला उद्यमशीलता कर्जा लिने महिलाको संख्या ५ हजार ६ सय ६३ थपिएको छ ।

गत मङ्सिरपछि उक्त संख्यामा सहुलियत कर्जा लिने महिला थपिँदा पुसमसान्तसम्म कुल २५ हजार २ सय ९८ जना पुगेको छ । उनीहरूले पुससम्ममा २१ अर्ब ७८ करोड रुपैयाँ बराबरको कर्जा उपयोग गरेको राष्ट्र बैंकले बताएको छ ।

गत मङ्सिरमा १९ हजार ६ सय ३५ जना महिलाले रू। १५ अर्ब ८९ करोड कर्जा उपयोग गरेका थिए । गतवर्षको पुसको तुलनामा चालू आवको सोही अवधिमा महिला उद्यमशीलता कर्जा लिने महिला साढे २२ हजार थपिएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । गत आवको पुससम्म भने २ हजार ६ सय १९ जना महिलाले रू। १ अर्ब ६२ करोडको मात्र यस्तो कर्जा उपयोग गरेका थिए ।

महिला उद्यमशीलता शीर्षकमा विनाधितो ६ प्रतिशत ब्याज अनुदानमा सहुलियतपूर्ण कर्जा लिन पाउने व्यवस्था छ । महिला उद्यमशीलता कर्जा प्रतिव्यक्ति रू१५ लाखसम्म लिन पाइन्छ ।आर्थिक अभियान दैनिकबाट

शीर्ष समाचार

धेरै पढिएको