April 21, 2021, Wednesday
२०७८ बैशाख ९, बिहीबार

संवैधानिक अंगको सिफारिस र नियुक्ति ‘दूषित’ र ‘कपटपूर्ण’: सभामुख सापकोटा

  • 19
    Shares

काठमाडौं, सभामुख अग्निप्रसाद सापकोटाले संवैधानिक अंगमा भएका सिफारिस र नियुक्तिविरुद्ध दायर रिटमा जवाफ पेस गरेका छन्। सभामुख सापकोटाले संवैधानिक परिषद्को सिफारिस अवैध रहेको दाबीसहित बदर घोषित गर्न सर्वोच्च अदालतसमक्ष माग गरेका छन्।

परिषद्को मंसिर ३० गते बसेको बैठकले संवैधानिक अंगमा प्रमुख तथा पदाधिकारी नियुक्तिका लागि गरेको सिफारिस रोक्नुपर्ने मागसहित वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले रिट दायर गरेका थिए। त्यसबारे सभामुखको लिखित जवाफ फागुन १३ गतेको मितिमा पेस गरिएको छ। उनले संवैधानिक अंगको सिफारिस र नियुक्तिलाई ‘दूषित’ र ‘कपटपूर्ण’ भनेका छन्।

उनले परिषद् बैठकमा राष्ट्रियसभाका अध्यक्ष उपस्थित भएको तर बैठकपछि कुनै निर्णय नगरेको भन्दै सञ्चारमाध्यममा प्रतिक्रिया जनाएको विषयमा सर्वोच्चको ध्यानाकर्षण गरेका छन्।

मंसिर ३० गतेको बैठकका निर्णय भन्दै पुस ५ गते मात्र विवरण सार्वजनिक भएको, परिषद्का तर्फबाट पुस ३ गते लेखिएको पत्र संसद् सचिवालयलाई पुस ५ गते दिउँसो २ः१५ मा मात्र प्राप्त भएकोलगायतका कारण दर्शाउँदै ‘दूषित निर्णय’ बदर हुनुपर्ने माग उनले गरेका छन्। अन्नपूर्ण दैनिकबाट

शीर्ष समाचार

धेरै पढिएको