February 28, 2021, Sunday
२०७७ फाल्गुन १७, सोमबार

सिंहदरबारभित्रै म्याद सकिएको अखाद्य वस्तु बिक्री

  • 1
    Share

काठमाडौं, देशको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबारभित्रै म्याद सकिएका अखाद्य वस्तु बिक्री वितरण भइरहँदासमेत सरकारी निकाय रमिते बनिरहेका छन् ।

सिंहदरबारका चमेना गृहमा उपभोग्य मिति समाप्त खाद्यवस्तु बिक्री वितरणसँगै उपभोक्ता संरक्षण ऐन २०७५ उल्लंघन भइरहेका छन् ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको संयुक्त टोलीले गरेको अनुगमनको क्रममा ती क्यान्टिनमा म्याद सकिएका खाद्यवस्तु बिक्री भइरहेको खुलासा भएको हो ।

सिंहदरबारभित्रका कर्मचारी र सेवाग्रही लक्षित केन्द्रीय क्यान्टिन (कञ्चन चमेना गृह), अर्थ मन्त्रालय परिसरमा सञ्चालित म्यानेजमेन्ट सर्भिस र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय परिसरस्थित गोसाइँकुण्ड भोजनालय अनुगमन गर्दा मापदण्डविपरित सञ्चालन भइरहेको पाइएको छ ।

यीमध्ये केन्द्रीय क्यानिटनलाई कारवाहीस्वरुप जरिवाना गरिएको छ । कञ्चन चमेनागृहका नाममा सञ्चालित सो क्यान्टिनले कागजात देखाउन नसकेपछि कारवाही स्वरुप १० हजार जरिवाना गरिएको छ । कागजपत्र मात्र होइन, क्यान्टिनको किचनमा फोहोर पाइएपछि सफाइ गर्नसमेत निर्देशन दिइएको छ । यस्ता क्यान्टिन सञ्चालन रद्द गर्नुपर्ने माग कर्मचारीले गरेका छन् ।, आजको राजधानी दैनिकमा समाचार

शीर्ष समाचार

धेरै पढिएको