March 28, 2024, Thursday
२०८० चैत्र १५, बिहीबार

संसद् पुनःस्थापना नभए द्वन्द्वमा फस्ने ठाउँलाई सदर गरेको ठहरिने छ: घनश्याम भुषाल

file photo

काठमाडौं, नेपाल कम्प्युनिस्ट पार्टीको सिद्धान्त र नेतृत्वको विचार फरक हुँदा समस्या जटिल बनेको नेकपा दाहाल–नेपाल समूहका नेताहरूले बताएका छन् । उनीहरूले महाधिवेशनमा अध्यक्ष चयन हुँदा नै नेतृत्व फरक विचार र सिद्धान्तबाट प्रेरित भएका कारण अहिले पार्टी विभाजन भएको बताएका हुन् ।

नेकपा दाहाल–नेपाल समूहका नेताहरूले संसद् पुनःस्थापना नभए देशमा अस्थिरता उत्पन्न भई विद्रोह हुनेसमेत बताए । शनिबार पाल्पाको तानसेनमा भएको अगुवा कार्यकर्ता भेलालाई सम्बोध नगर्दै नेकपा नेताहरूले देशमा संसद् पुनःस्थापना हुने कुरामा विश्वस्त रहेको बताउँदै पुनःस्थापना नभए देशमा आगो बल्ने बताएका हुन् ।

पूर्वकृषिमन्त्री घनश्याम भुषालले देशमा ओलीको अहंताका कारण भयंकर स्थिति निम्तन सक्ने बताए । उनले भने, ‘यदि संसद् पुनःस्थापना नभएमा हरेक जात, हरेक क्षेत्र, हरेक ठाउँ त्यो द्वन्द्वमा फस्ने ठाउँलाई सदर गरेको ठहरिने छ । ओलीको बाटोबाट त्यहाँ पुगिने हो, तर स्थिति त्यस्तो छैन । न्यायाधिशहरूले पनि कहिलेकाहीँ के भनेर निर्णय गर्छन् भने हाम्रो हो निर्णय भयो भने मुलुकमा के हुन्छ ?’ याे खबर आजको नागरिक दैनिकमा छ ।

शीर्ष समाचार

धेरै पढिएको