July 25, 2021, Sunday
२०७८ श्रावण १०, आईतवार

दबाब र जुलुसकै आधारमा फैसला गर्ने हो भने न्यायालय किन चाहियो?: देउवा

नुवाकोट, कांग्रेस सभापति शेरबहादुर देउवाले संविधान र कानुनको व्याख्या अदालतले मात्र गर्न सक्ने भएकाले अदालतको निर्णय कुर्नुको विकल्प नरहेको बताएका छन् । अदालतको निर्णयअनुसार कांग्रेस अगाडि बढ्ने सभापति देउवाको भनाइ छ ।

‘दबाब र जुलुसकै आधारमा फैसला गर्ने हो भने न्यायालय किन चाहियो ?’, सभापति देउवाले शुक्रबार विदुरमा आयोजित कांग्रेस जिल्ला कार्यालय तथा बीपी स्मृति भवन उद्घाटन कार्यक्रममा भने, ‘सडकमा जुलुस ल्याएर न्याय पाइँदैन । हामी विधि र नीतिलाई मात्र मान्छौं । विचाराधीन मुद्दामा अदालतको निर्णय आउनुअगावै जुलुसमा कति मान्छे आए भनेर हुन्छ ? कांग्रेस निर्वाचन, जनता तथा अन्य कुनै पनि दलसँग डराउँदैन । देश विकासका लागि जनतासँग जान किन डराउने ?’

उनले कांग्रेस निर्वाचनसँग नडराउने बताए। सरकारले घोषणा गरेको निर्वाचन हुने स्थिति आए कांग्रेसले निर्वाचनमा भाग लिने उनको भनाइ थियो । उनले कांग्रेस हार्ने चिन्ता सत्तापक्ष तथा अन्य दलसँग भन्दा पनि आफ्नै दलका नेता, कार्यकर्तामा रहेको बताए । अन्नपूर्ण पोस्टबाट

शीर्ष समाचार

धेरै पढिएको