August 1, 2021, Sunday
२०७८ श्रावण १७, आईतवार

कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दै

काठमाडौं, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज पनि बस्दैछ । आगामी महाधिवेशनको मिति तय गर्न आज बैठक बस्न लागेको हो ।

बैठक दिउँसो तीन बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

केन्द्रीय समितिको बुधबारको बैठकबाट १४ औं महाधिवेशनको नयाँ कार्यतालिका प्रस्ताव गरेको कांग्रेसले आज मिति तय गर्ने सम्भावना रहेको छ ।

कांग्रेसले १४ औं महाधिवेशन आगामी २०७८ साल भदौ ७ गतेदेखि २० गतेसम्म काठमाडौंमा गर्ने प्रस्ताव गरेको छ । आजको बैठकमा संसद विघटनविरुद्धको आन्दोलनका विषयमा पनि छलफल हुनेछ ।

शीर्ष समाचार

धेरै पढिएको