August 1, 2021, Sunday
२०७८ श्रावण १७, आईतवार

यमनमा जारी द्वन्द्वले थप मानविय संकट ल्याउन सक्ने चेतावनी

साना, यमनमा जारी द्वन्द्वले थप मानविय संकट ल्याउने भन्दै संयुक्त राष्ट्रसंघले चिन्ता व्यक्त गरेको छ ।

उत्तरी यमनमा होथी विद्रोहीले जारी राखेको सशस्त्र द्वन्द्वका कारण लाखौं सर्वसाधारण विस्थापित भइसकेकाले तत्काल समस्या समाधान नभए आगामी दिनमा थप मानविय संकट आउने राष्ट्रसंघले चेतावनी दिएको हो ।

संयुक्त राष्ट्रसंघका मावियय सहायता मामिला प्रमुख मार्क लोकोकले विद्रोही होथी समूहको सक्रियताले चिन्ता बढाएको बताएका छन् ।

यमनको उत्तरी क्षेत्र मारिबमा भएको आक्रमणमा मात्र २० लाख भन्दा बढी समर्वसाधारण प्रत्यक्ष प्रभावित हुने राष्ट्रसंघको दावी रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ ।

यो महिनाको सुरुदेखि राजधानी सानाबाट १२० किलोमिटर पूर्वमा रहेको मारिब सहरमा कब्जा गर्ने क्रममा विद्रोहीले सञ्चालन गरेका हिंसात्मक गतिविधिप्रति अन्तर्राष्ट्रिय समुदायले चिन्ता व्यक्त गरेको हो ।

यस्तै यमन सरकारका सैनिक अधिकारीहरुले भने विद्रोहीको नियन्त्रणमा रहेका क्षेत्रमा सेनाले कारवाही अघि बढाएको दावी गरेका छन् ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको