April 18, 2024, Thursday
२०८१ बैशाख ६, बिहीबार

नेपाल र चीनबिचको ६ वटा नाका सञ्चालनमा आउनुपर्ने तर २ नाका पनि खुल्दै, बन्द हुँदै

काठमाडौं, नेपाल र चीनबीचको सम्झौताअनुसार ६ नाका सञ्चालनमा आउनुपर्ने हो । तर, जसोतसो सञ्चालित दुई नाका (तातोपानी र रसुवागढी) पनि खुल्दै, बन्द हुँदै गर्छन् । पछिल्लो पालि बल्ल खुलेका यी नाका फेरि केही दिनका लागि भन्दै बन्द भएका छन् ।

दुई मुलुकबीच सन् २०१६ मा पारवहन ढुवानी सम्झौता भएको थियो । त्यसलाई कार्यान्वयन गर्न सन् २०१९ अप्रिल २९ मा नेपाल–चीन पारवहन ढुवानी प्रोटोकल भयो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको द्विपक्षीय तथा क्षेत्रीय व्यापार महाशाखाका सहसचिव प्रकाश दाहालले उक्त सम्झौताअनुसार ६ नाकामार्फत नेपालले चीनसँग आयातनिर्यात कारोबार गर्न पाउने सुविधा प्राप्त गरेको बताए । तर, सिन्धुपाल्चोकस्थित तातोपानी (कोदारी)–जाङमु र रसुवास्थित केरुङ–रसुवागढीमार्फत मात्र व्यापारिक कारोबार गरिँदै आएको छ ।

यी नाकाबाट नेपालले चाहेअनुसार पर्याप्त मात्रामा द्विपक्षीय कारोबार भने हुन सकेको छैन । ‘हामीले चीनसँग आर्थिक कारोबार गर्न हालसम्म ६ वटा नाका पाएका छौं’, मन्त्रालयकै अर्का उच्च अधिकारीले भने, ‘तर, लामो समयदेखि तातोपानी र रसुवा नाका व्यवस्थित रूपमा सञ्चालन हुन सकेका छैनन् । यस्तो अवस्थामा अन्य नाकाबाट आर्थिक कारोबार गरौंला भनेर तत्कालै विश्वस्त हुन आवश्यक छैन ।’

ती अधिकारीका अनुसार नाका सञ्चालन गर्न सरकारको पहल नपुगेको र चीनले पनि चासो देखाएको छैन । आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

शीर्ष समाचार

धेरै पढिएको