
काठमाडौं, नेपालको कुल जनसंख्यामध्ये ८१ प्रतिशतमा इन्टरनेटको पहुँच पुगेको छ । नेपाल दूरसञ्चार प्राधिकरणको तथ्यांकअनुसार चालू आर्थिक वर्ष ०७७÷७८ को मंसिर महिनासम्ममा २ करोड ४३ लाख ४७ हजारमा इन्टरनेटको पहुँच पुगेको छ ।
गत आवको सोही अवधिको तुलनामा इन्टरनेट पहुँच १० प्रतिशतले वृद्धि भएको देखिन्छ । गत आवको मंसिर महिनासम्ममा ७२ दशमलव ४२ प्रतिशतमा इन्टरनेटको पहुँच पुगेको प्राधिकरणको तथ्यांकमा उल्लेख छ ।
तथ्यांकअनुसार फिक्स ब्रोडब्यान्डको पहुँच २१ प्रतिशत छ भने मोबाइल ब्रोडब्यान्डको पहुँच ५९ दशमलव ६७ प्रतिशत छ । गत आवको सोही अवधिमा भने फिक्स ब्रोडब्यान्डको पहुँच १५ दशमलव ५३ प्रतिशत थियो भने मोबाइल ब्रोडब्यान्डको पहुँच ५६ दशमलव ४२ प्रतिशत थियो ।नयाँ पत्रिकाबाट







