March 6, 2021, Saturday
२०७७ फाल्गुन २३, आईतवार

मुलुकमा ८,१९२ रोपनी जग्गा अतिक्रमण, जसको न्यूनतम सरकारी मूल्य ६ खर्ब

  • 12
    Shares

काठमाडौं, देशका २० जिल्लामा आठ हजार रोपनीभन्दा बढी गुठी सरकारी, सार्वजनिक तथा गुठीको जग्गा अतिक्रमण भएको तथ्य बाहिर आएको छ । सरकारी, सार्वजनिक, गुठी जग्गा संरक्षणसम्बन्धी जाँचबुझ आयोगले गरेको अध्ययनमा ८ हजार १ सय ९२ रोपनीजग्गा अतिक्रमण भएको पाइएको हो । जसको न्यूनतम सरकारी मूल्य नै ६ खर्ब रुपैयाँ रहेको छ ।

आयोगले बुधबार राति सरकारी, सार्वजनिक र गुठी जग्गा अतिक्रमण सम्बन्ध गरेको २३ वटा अध्ययन प्रतिवेदन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएको छ । यसअघि नै आयोगले १० वटा प्रतिवेदन बुझाएको थियो ।

आयोगका अध्यक्ष मोहनरमण भट्टराईले सरकारलाई ३३ वटा प्रतिवेदन बुझाएको जानकारी दिए । उनका अनुसार गुठीको २ हजार ६ सय रोपनी तथा सरकारी र सार्वजनिक ५ हजार ५ सय रोपनी जग्गा अतिक्रमण भएको छानबिनबाट पत्ता लागेको छ । आयोगले ३ सय ३२ वटा उजुरीको अध्ययन गरेको थियो। यो खबर आजको अन्नपूर्ण दैनिकमा छापिएको छ ।

शीर्ष समाचार

धेरै पढिएको