March 6, 2021, Saturday
२०७७ फाल्गुन २३, आईतवार

ललिता निवास प्रकरण: मुख्य अभियुक्त ढकाललाई थुनामा पठाउन आदेश

  • 4
    Shares

काठमाडाैं, विशेष अदालतले ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गरेको घटनाका मुख्य अभियुक्त शोभाकान्त ढकाललाई थुनामा पठाउन आदेश दिएको छ ।

बुधबार न्यायाधीशहहरु अब्दुल अजिज मुसलमान, बालेन्द्र रुपाखेती र चन्द्रबहादुर सारूको संयुक्त इजलासले ढकाललाई थुनामा पठाउने आदेश दिएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ढकालविरूद्ध ३९ करोड २८ लाख बिगो मागदाबीसहित विशेष अदालतमा मुद्दा दायर गरेको थियो । ढकालकी पत्नी उमाकुमारीलाई विशेष अदालतले धरौटीमा रिहा गरेको छ ।

यसअघि यही मुद्दामा जोडिएका अख्तियारका पूर्व प्रमुख आयुक्त दीप बस्न्यातलाई पनि पुर्पक्षका लागि थुनामा पठाउने आदेश विशेषले गरेको थियो । आजको राजधानी दैनिकमा समाचार छ ।

शीर्ष समाचार

धेरै पढिएको