March 2, 2021, Tuesday
२०७७ फाल्गुन १९, बुधबार

कर्णालीमा एकैदिन ३ जनाले गरे आत्महत्या

  • 17
    Shares
सांकेतिक तस्वीर

कर्णाली, कर्णाली प्रदेशका तीन जिल्लामा छुट्टाछुट्टै घटनामा तीनजनाले आत्महत्या गरेका छन् । जाजरकोट, जुम्ला र सल्यानमा एक–एकजनाले आइतबार आत्महत्या गरेका हुन् । 

जाजरकोट छेडागाड नगरपालिका– ५ मौलाटोलका ३१ वर्षीय बिनकुमार परियार, जुम्ला गोठीचौर गाउँपालिका– ४ उखाडीका ४९ वर्षीय धर्मनन्द अधिकारी र दाङ बबई गाउँपालिका– २ रामपुरकी ६५ वर्षीया गायत्री भण्डारीले आत्महत्या गरेका हुन् ।

दाङकी गायत्रीले सल्यान कालिमाटी गाउँपालिका– ३ मर्चबारीस्थित खयरघारी सामुदायिक वनको रूखमा झुन्डिएर आत्महत्या गरेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत जनाएको छ । प्रदेश प्रहरी कार्यालय अनुसार परियार र अधिकारीले आफ्नै घरमा पासो लगाएर आत्महत्या गरेका हुन् ।नयाँ पत्रिका

शीर्ष समाचार

धेरै पढिएको