April 21, 2021, Wednesday
२०७८ बैशाख ९, बिहीबार

आइपिएलको अक्सनमा आठ नेपाली खेलाडीको नाम दर्ता

  • 18
    Shares

काठमाडौं, इन्डियन प्रिमियर लिग (आइपिएल) मा आठ नेपाली खेलाडी अक्सनमा परेका छन् । भारतीय क्रिकेट बोर्ड (बिबिसिसी)ले यसपटकको अक्सनमा एक हजार ९७ जना खेलाडीले नाम दर्ता गराएको जनाएको छ ।

बिसिसिआईको मिडिया रिलिजमा नेपालबाट आठ खेलाडी अक्सनमा रहेको मात्र उल्लेख गरेको थियो । त्यसपछि नेपाल क्रिकेट संघ (क्यान)का सचिव अशोकनाथ प्याकुरेलले शुक्रबारै आइपिएलको अक्सनमा परेका आठ नेपाली खेलाडीको नाम विज्ञप्तिमार्फत सार्वजनिक गरेका हुन् ।

नेपालबाट सन्दीप लामिछाने, करण केसी, सोमपाल कामी, कुशल मल्ल, शरद भेषवाकर, अविनाश बोहरा, दीपेन्द्रसिंह ऐरी तथा विनोद भण्डारी अक्सनमा रहेको क्यानको विज्ञप्तिमा उल्लेख गरेको छ ।

१४औँ आइपिएलको खेलाडी नाम दर्ता मिति ४ फेब्रुअरीसम्म थियो । पहिलोपटक नेपालबाट आठ खेलाडी अक्सनमा परेका हुन् । सन्दीप यसै सिजन दिल्ली क्यापिटल्सबाट रिजिल भएका हुन् । यसअघि उनले दिल्लीमा तीन सिजन बिताएका थिए । 

सन् २०१८ को अक्सनमा सन्दीपलाई तत्काल दिल्ली डेयरले २० लाख भारुमा अनुबन्ध गरेको थियो । रिकी पोन्टिङको प्रशिक्षणमा सन्दीपले त्यही वर्ष नै डेब्यु अवसर पाए ।

गत वर्ष युएईमा भएको आइपिएल संस्करणमा दिल्ली पहिलोपटक फाइनलसम्म प्रवेश गर्दा सन्दीप बेन्चमै रहे । बेन्चमा रहँदै सन्दीप आइपिएलकै उपविजेता खेलाडी बनेको आजको नयाँ पत्रिकामा खबर छ । 

शीर्ष समाचार

धेरै पढिएको