April 22, 2021, Thursday
२०७८ बैशाख ९, बिहीबार

कोरोना त्रासका कारण त्रिविको शैक्षिक सत्र तीन महिनापछि धकेलियो

काठमाडौं, कोभिड-१९ का त्रासका कारण शैक्षिक क्षेत्रमा नकारात्मक असर परेको छ । त्रिभुवन विश्वविद्यालयले गत वर्षकै परीक्षा सम्पन्न गरिसकेको छैन ।

यस्तो अवस्थाकै कारण विश्वविद्यालयले स्नातक र स्नातकोत्तर तहको शैक्षिक सत्र तीन महिनापछाडि सार्ने निर्णय गरेको छ । विश्वविद्यालयले स्नातक र स्नातकोत्तर तहको शैक्षिक सत्र तीन महिनापछाडि सार्ने निर्णय गरेको छ ।

विश्वविद्यालयका विभिन्न संकायका डिनहरुको माघ पहिलो साता बसेको संयुत्त वैठकको निर्णयअनुसार नयाँ शैक्षिक सत्र सार्वजनिक गरेको हो ।

विश्वविद्यालयका शिक्षाध्यक्ष शिवप्रसाद भुसालले स्नातक तहको शैक्षिक सत्र फागुनमा र स्नातकोत्तर तहको वैशाखमा सुरु हुने निर्णय भएको बताएको आजको नागरिक दैंनिकमा खबर छ ।

शीर्ष समाचार

धेरै पढिएको