April 19, 2024, Friday
२०८१ बैशाख ७, शुक्रबार

पानीजहाज कार्यालयको कामः ७ करोड बजेटमा साढे १ करोड खर्च 

काठमाडौं, वर्तमान सरकारको चासो र निकै प्राथमिकतामा परेको पानीजहाजको क्षेत्रमा एक वर्ष कानुनको मस्यौदा तयार गर्न र अध्ययनमै बितेको छ । नेपाली पानीजहाज कार्यालयले एक वर्षको अवधिमा कानुनको मस्यौदा तयार पार्ने र अध्ययन गर्ने काम मात्र गरेको हो ।

कार्यालयले वित्तीय प्रगतिसमेत राम्रो देखाउन सकेको छैन । आर्थिक वर्ष २०७६÷७७ मा पानीजहाज कार्यालयको कुल विनियोजित रकम ७ करोड ६३ ला २६ हजार रहेकामा १ करोड ७८ लाख मात्र खर्च गरेको छ । सो रकम विनियोजित वार्षिक रकमको २३ प्रतिशत वित्तीय प्रगति रहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ ।

पानीजहाज कार्यालयले वर्षभरिका मुख्य उपलब्धिका रूपमा कानुनको मस्यौदा तयार गर्ने अध्ययन गर्नेलाई लिएको छ । मन्त्रालयको वार्षिक प्रगति विवरणअनुसार कार्यालयले मुख्य उपलब्धिका रूपमा नेपाली पानीजहाज (सञ्चाल तथा व्यवस्थापन) सम्बन्धी ऐन २०७६ को मस्यौदा तयार भई स्वीकृतिको क्रममा रहेको र कर्णाली, नारायणी, कालीगण्डकी र कोसीमा जलमार्गको विस्तृत सम्भाव्यता अध्ययनका लागि आवश्यक कार्य अघि बढाएको उल्लेख गरेको छ । कार्यालयले कानुनको मस्यौदा निर्माण, अध्ययन तथा प्रशासनिक काममा १ करोड ७८ लाख खर्च गरेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पटक–पटक भाषणमा पानीजहाजको विषय उठाएपछि उनको आलोचना भएको थियो । त्यसपछि विपक्षीलाई उनले १६ पुस २०७४ का दिन पानीजहाज चढ्न निम्तोसमेत दिएका थिए ।राजधानी दैनिकबाट

शीर्ष समाचार

धेरै पढिएको