May 6, 2021, Thursday
२०७८ बैशाख २३, बिहीबार

अमेरिकाको पहिलो प्राथमिकता शान्ति र प्रगति

  • 6
    Shares

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि अमेरिकी राजदूत र्‍यन्डी बेरीले शुक्रबार भेट गरेका छन् । अमेरिकामा नयाँ राष्ट्रपति जोसेफ रोबिनेट बाइडनले कार्यभार सम्हालेपछि राजदूत बेरीले पहिलो भेट गरेका हुन् ।

भेटमा अमेरिकाको नवनियुक्त राष्ट्रपति बाइडेनको प्राथमिकताबारे अवगत गरेका थिए । राष्ट्रपति बाइडेनको शान्ति, प्रगति र सुरक्षाका लागि एक मजबुत र विश्वासिलो साझेदार रहने उनले जानकारी गराए ।

अमेरिकासँग नेपालको नयाँ साझेदारीका सम्भावनाका विषयमा समेत छलफल भएको नेपालस्थित अमेरिकी राजदूतावासले जनाएको छ । भेटमा प्रधानमन्त्री ओलीले नयाँ राष्ट्रपतिको आगामी कार्यदिशा र सहकार्यका कार्यसूची बारेमा राजदूत बेरीसँग परामर्श गरेका थिए ।

त्यस क्रममा राजदूत बेरीले बाइडेन प्रशासन नेपाल र अन्य मुलुकसँग सहकार्य गर्न चाहेको जानकारी प्रधानमन्त्री ओलीलाई गराए । विश्वव्यापी स्वास्थ्य चुनौती ल्याएको कोरोना भाइरस (कोभिड–१९)को सङ्कटको सामना कुनै एक राष्ट्र आफैँले मात्र गर्न नसक्ने औँल्याउँदै उहाँले जलवायु परिवर्तनदेखि आणविक प्रसार र साइबर युद्धविरुद्ध रणनीति लगायतका समस्याको सामूहिक रूपमा सामना गर्नुपर्ने धारणा उनले राखे।

अमेरिकी राष्ट्रपति बाइडेनले कोभिड–१९ जस्ता साझा चुनौतीहरूको समाधान गर्न अन्तर्राष्ट्रिय सहयोगमा विश्वास राख्ने भएकाले विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) को सदस्यता अमेरिकाले फिर्ता लिने प्रतिबद्धता जनाउनुभएको बेरीले सुनाएको आजको गोरखापत्र दैनिकमा खबर छ ।

त्यस्तै अमेरिकाले अन्य अन्तर्राष्ट्रिय संस्थाहरूसँग सम्बन्ध पुनः स्थापना गर्दै नेपाल लगायत विश्वका प्रजातान्त्रिक मुलुकसँगको साझेदारीलाई पुनर्जीवित गर्ने बाटोमा अग्रसर भएको बेरीले प्रधानमन्त्री ओलीलाई जानकारी गराए ।

शीर्ष समाचार

धेरै पढिएको