April 18, 2024, Thursday
२०८१ बैशाख ७, शुक्रबार

अदालत र आयोगलाई धम्क्याउनु मात्रै भएको छैन, उहाँको त सेटिङ नै छ रे: प्रचण्ड

file photo

काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुवै समूहबीच आरोपप्रत्यारोपको जुहारी चलेको छ । नेपाल–दाहाल समूहका अध्यक्ष पुष्पकमल दाहालले ओली समूहका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीमाथि संवैधानिक अंगहरूलाई धम्क्याएर प्रभावमा पार्न खोजेको आरोप लगाए। ओलीले पनि दाहाल–नेपाल समूहले निर्वाचन आयोगलाई धम्क्याएको आरोप लगाएका छन् ।

दाहालले भने ओलीको आरोपको खण्डन गर्दै आफूले संवैधानिक निकायलाई नधम्क्याएको बताएका छन् । ‘हामीले अदालतलाई पनि धम्क्याएका छैनैं , निर्वाचन आयोगलाई पनि धम्क्याएका छैनौं। हामीले विश्वास मात्रै दिलाएका हौं तर ओलीजीले विभिन्न बहानामा अदालत र निर्वाचन आयोगलाई धम्क्याउनु मात्रै भएको छैन, उहाँको त सेटिङ नै छ रे,’ दाहालले भने ।

नेकपा नेपाल–दाहालनिकट युवा विद्यार्थीको भेलालाई आइतबार सम्बोधन गर्दै दाहालले आक्रामक भएर आन्दोलनमा सहभागी हुन निर्देशन दिए। उनले अब साकाहारी आन्दोलनले नहुने भएकाले बलिदान दिन पनि तयार हुनुपर्ने बताए। ‘म त हिजो जनयुद्ध गर्दा पनि मर्न तयार भएर हिँडेको थिएँ र फेरि पनि मर्न तयार छु। त्यसकारण भेजिटेरियन ९साकाहारी० खालको आन्दोलनले अब काम हुँदैन,’ दाहालले भने।

उनले मुलुकलाई अँध्यारो सुरुङतर्फ लैजाने सेटिङ भएको शंका लागेको बताए। ‘हामीले अदालत र निर्वाचन आयोगलाई अहिले केही भन्दैनौं तर केपी सेटिङलाई त शंका गर्न पाइयो नि,’ दाहालले भने। उनले प्रतिनिधिसभा पुनस्र्थापना पनि नहुने तथा निर्वाचन आयोगले दलको आधिकारिकता र सूर्य चिह्न पनि ओली नेतृत्वको नेकपालाई नै दिने सेटिङमा काम भइरहेको आशंका व्यक्त गरे।

दाहालले सात दशक लामो संघर्षपछि प्राप्त उपलब्धिमाथि प्रहार हुँदा आफूहरूले खुसियाली मनाउन नसक्ने बताए ।नागरिक दैनिकबाट

शीर्ष समाचार

धेरै पढिएको