January 18, 2021, Monday
२०७७ माघ ५, सोमबार

निर्धारित समयमा नै आयोजनाको काम सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन

  • 3
    Shares

दमौली, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री टोपबहादुर रायमाझीले तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन तनहुँ जलविद्युत् आयोजनाको काम निर्धारित समयमा नै सम्पन्न गर्न निर्देशन दिएका छन् । आयोजनाको सोमबार स्थलगत निरीक्षण गर्दै उनले हालसम्मको प्रगति विवरणबारे जानकारी लिनुभएपछि पनर्देशन दिएका हुन् ।

मन्त्री रायमाझीले आयोजना निर्धारित समयमै सम्पन्न गर्नुपर्ने र त्यसका लागि सरकारकातर्फबाट आवश्यक सबै सहयोग गरिने बताए । राष्ट्रिय गौरवका आयोजनालाई शीघ्र सम्पन्न गर्ने सरकारको लक्ष्य रहेको हुँदा यस आयोजनामा पनि त्यहीअनुसार काम हुनेमा सरकार विश्वस्त रहेको मन्त्री रायमाझीको भनाइ थियो ।

उनले आयोजनाको प्याकेज दुईअन्तर्गत चिनियाँ कम्पनी सिनो हाइड्रो कम्पनीले गरिरहेको कामबारेमा जानकारी लिनु । सिनो हाइड्रोले आयोजनाको विद्युत् गृह, मुख्य प्रवेश सुरुङ, सर्ज ट्याङ्क जाने सुरुङ, बाँधस्थल जाने सुरुङ खन्ने कार्य जारी राखेको छ ।
सो अवसरमा तनहुँ हाइड्रो पावर कम्पनीका प्रबन्ध निर्देशक प्रदीपकुमार थिके र आयोजना प्रमुख अच्युत घिमिरेले मन्त्री रायमाझीलाई आयोजनाको हालसम्मको गतिविधिबारे जानकारी गराए ।

आयोजना प्रमुख घिमिरेका अनुसार प्याकेज दुईअन्तर्गत सिनोले क्याम्पहरू, ब्याचिङ तथा क्रसिङ प्लान्ट, ल्याब, क्लिनिक, स्टोर, उपकरणकक्ष आदि पूर्वाधारको स्थापना, केवल सुरुङ, विद्युत् गृहको पाइलट सुरुङ, पहुँच सडक खन्ने कार्य सम्पन्न भइसकेको छ । १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको काम तीनवटा प्याकेजअन्तर्गत निर्माण भएको छ ।

पहिलो प्याकेजअन्तर्गत १४० मिटर अग्लो बाँध निर्माण, दोस्रोमा सुरुङ र विद्युत् गृह निर्माण तथा तेस्रो प्याकेजअन्तर्गत प्रसारण लाइन निर्माणको काम रहेको छ । पहिलो प्याकेजअन्तर्गतको कामका लागि आयोजनाले हालै तेस्रो पटक बोलपत्र आह्वान गरेको छ ।गोरखापत्रबाट

शीर्ष समाचार

धेरै पढिएको