March 29, 2024, Friday
२०८० चैत्र १६, शुक्रबार

संसद पुनःस्थापन गरे संसदमा र नगरे निर्वाचनका लागि जनतामा जाने काँग्रेसको तयारी

काठमाडौं, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले अदालतले प्रतिनिधि सभा पुनःस्थापन गरे प्रतिनिधि सभामा र नगरे निर्वाचनका लागि जनतामा जाने बताएका छन् ।

नेपाली काँग्रेसका संस्थापक मध्येका पार्टीका पूर्वमहामन्त्री सूर्यप्रसाद उपाध्यायका बारेमा प्रजातान्त्रिक विचार समाजले प्रकाशन गरेको पुस्तकको आइतबार राजधानीमा लोकार्पण गदैै सभापति देउवाले जनता नै आफूहरूको सबैभन्दा ठूलो अदालत भएकाले निर्वाचनमा जानसमेत आफूहरू तयार रहेको स्पष्ट पारे ।

उनले प्रतिनिधि सभाको मुद्दा अदालतमा विचाराधीन रहेकाले अदालतलाई प्रभावित पार्ने गतिविधि गर्न नहुनेमा जोड दिए । सभापति देउवाले २०३६ सालको जनमत सङ्ग्रहमा पनि पार्टीले भाग लिएको सन्दर्भ चर्चा गर्दै भने, “पञ्चायतमा गरिएको चुनावमा त भाग लिएको पार्टीले अहिले निर्वाचनमा भाग लिन्न भन्नै मिल्दैन, निर्वाचनमा सहभागी हुनैपर्छ ।”

पार्टीका देशभरका साथीहरूले निर्वाचनमा रुचि देखाएको सभापति देउवाले स्पष्ट पारे । काँग्रेसले स्वतन्त्र र निष्पक्ष निर्वाचनका लागि भने लड्नुपर्ने अवस्था आएको बताए । प्रतिनिधि सभा विघटनको कार्य असंवैधानिक रहेको उनले जिकिर गर्दै निर्वाचन स्वतन्त्र हुन्छ हुन्न भन्ने भय छ, निष्पक्ष निर्वाचन नेपाली काँग्रेसको अबको मूल कार्यसूची हो । बीपी कोइराला र सूर्यप्रसाद उपाध्याय दुवै भारतको स्वतन्त्रता आन्दोलनको काराबासमा समेत रहेको सन्दर्भ स्पष्ट गर्दै सभापति देउवाले पार्टीमा उपाध्यायले गरेको योगदानको स्मरणसमेत गरे ।

पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले असंवैधानिक तवरले प्रतिनिधि सभा विघटन भएकाले पुनस्र्थापना हुनुपर्ने माग गरे । मुलुकलाई सही दिशामा अगाडि बढाउन काँग्रेसले भूमिका खेल्नुपर्ने अवस्था आएको चर्चा गर्दै नेता पौडेलले निर्वाचनभन्दा संविधानको रक्षा पार्टीको प्राथमिकता हुनुपर्ने विचार व्यक्त गरेको आजको गोरखापत्र दैनिकपत्र दैनिकमा खवर छ ।

शीर्ष समाचार

धेरै पढिएको