January 18, 2021, Monday
२०७७ माघ ५, सोमबार

भारतले हटायो प्याज निकासी प्रतिबन्ध 

  • 24
    Shares

काठमाडौं, भारतले करिब चार महिनापछि प्याज निकासीमा लाग्दै आएको प्रतिबन्ध हटाएको छ । भारतको वाणिज्य तथा उद्योग मन्त्रालयले सोमबारदेखि यसअघिको नीतिमा संशोधन गर्दै १ जनवरीदेखि निर्यात खुला गर्ने निर्णय गरेको हो ।

‘१ जनवरी २०२० (शुक्रबार) देखि लागू सबै जातका प्याजको निर्यात खुला गरिएको छ,’ मन्त्रालयअन्तर्गतको वैदेशिक व्यापार महानिर्देशनालयद्वारा सोमबार जारी परिपत्रमा भनिएको छ ।

आन्तरिक उत्पादन कम गएका कारण मूल्य अकासिँदै गएपछि भारतले गत २९ भदौ (१४ सेप्टेम्बर) मा प्याजको विदेश निर्यातमा रोक लगाएको थियो । यो खबर आजको कान्तिपुर दैनिकमा छापिएको छ ।

शीर्ष समाचार

धेरै पढिएको