February 27, 2021, Saturday
२०७७ फाल्गुन १५, शनिबार

प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत दुई लाख श्रमिकको बीमा

  • 14
    Shares

काठमाडौं,चालू आर्थिक वर्षमा प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत रोजगार पाउने दुई लाख श्रमिकको सामूहिक कार्यस्थल दुर्घटना बीमा गरिने भएको छ ।


सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमको रोजगार व्यवस्थापन सूचना प्रणालीमा सूचीकृत भएकामध्ये रोजगारीमा खटिने दुई लाख श्रमिकको काममा खटिएका एक सय दिनको बीमा व्यवस्था गरेको हो ।

प्रतिव्यक्ति ९७ रुपियाँका दरले करिब एक करोड ९७ लाख रुपियाँ बीमा शुल्क (प्रिमियम) सरकारले तिर्नेछ । सम्झौताअनुसार श्रमिकको सामूहिक बीमाले सात लाख रुपियाँसम्मको मृतक दुर्घटना बीमा, दुर्घटनाबाट अपाङ्गताको अवस्थाका आधारमा बढीमा सात लाख रुपियाँ र कार्यस्थल घाइतेलाई औषधि उपचारबापत ७५ हजार रुपियाँसम्म बीमा रकम दाबी गर्न सकिने व्यवस्था गरिएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र राष्ट्रिय बीमा समितिबीच सम्पन्न सम्झौताअनुसार पुस १ देखि असार मसान्तसम्म लागू हुनेगरी उक्त व्यवस्था गरिएको आजको गोरखापत्र दैनिकमा खवर छ ।

शीर्ष समाचार

धेरै पढिएको