February 26, 2021, Friday
२०७७ फाल्गुन १४, शुक्रबार

विदेशबाट वस्तु आयात घटेपछि महँगी बढ्यो

  • 1
    Share

काठमाडौं, कोरोना भाइरसको प्रभावसँगै विदेशबाट हुने वस्तु आयात घटेपछि यसको मार महँगीमा पर्न थालेको देखिएको छ । चिसो मौसम सुरु भएसँगै खासगरी चीनबाट आयात हुने जाडोका कपडाको मूल्य महँगिन थालेको व्यवसायीले बताएका छन् । काठमाडौंका अधिकांश कपडा व्यवसायीले चीनबाट गार्मेन्ट आयात कम हुँदा सामानको भाउ बढेको बताएका छन् ।


राष्ट्र बैंकको पछिल्लो प्रतिवेदनले पनि गत असोजको तुलनामा कात्तिकमा मूल्यवृद्धि बढेको उल्लेख गरेको छ । उक्त प्रतिवेदनले कात्तिकपछिको विवरण उल्लेख नगरे पनि पछिल्ला महिना मूल्यवृद्धिको औसत दर (मुद्रास्फीति) चुलिँदै गएको व्यवसायीले बताएका छन् ।

गत कात्तिकमा मूल्यवृद्धिको दर ४.०५ प्रतिशत पुगेको राष्ट्र बैंकले उल्लेख गरेको छ । यसको मतलव गत वर्ष कात्तिकमा १ सय रुपैयाँले जीविका धान्ने व्यक्तिलाई यो वर्ष १०४ रुपैयाँभन्दा बढी पैसा आवश्यक पर्ने भएको छ ।

कात्तिकमा दसैं र तिहारजस्ता पर्व परेकाले महँगी बढेको हुनसक्ने राष्ट्र बैंकका अधिकारी बताउँछन् । तर, व्यवसायीले भने चैतमा बन्दाबन्दी सुरु भएपछि भारी मात्रामा खाद्यान्न र लत्ताकपडा किनेर राखेका उपभोक्ताले लामो समय सामान किन्न पैसा खर्च नगरेको बताउँछन् । दसैं लागेपछि भने पहिलेको मौज्दात खाद्यान्न सकिएको र असोजपछि खुलेको बन्दाबन्दीले मानिसको चहलपहल बढाएका कारण महँगी पनि बढ्न थालेको उनीहरूको बुझाइ छ । अन्नपूर्ण पोस्ट दैनिकबाट

शीर्ष समाचार

धेरै पढिएको