March 29, 2024, Friday
२०८० चैत्र १६, शुक्रबार

चिनतर्फको आयात ह्वात्तै घट्यो

काठमाडौं, अघिल्लो वर्षको दाँजोमा चालू आवको पहिलो चौमासमा समग्र आयात घटेको छ भने चीनतर्फको निर्यातमा निकै कमी आएको छ ।बन्दाबन्दीको शुरुआती महीनादेखि आर्थिक गतिविधि प्रभावित भएको थियो । यसले गर्दा आयात पनि तुलनात्मक रूपमा घटेको थियो । अहिले आयातमा सुधार हुँदै गएको छ तर गत आर्थिक वर्ष (आव) को तुलनामा कुल आयात अझै घटेको नेपाल राष्ट्र बैंकले बताएको छ ।

नेपाल राष्ट्र बैंकले बुधवार सार्वजनिक गरेको तथ्यांकअनुसार गत कात्तिकसम्ममा कुल वस्तु आयात १० दशमलव ६ प्रतिशतले घटेर ४०२ अर्ब ४९ करोड कायम भएको छ । गत आवको सोही अवधिमा यस्तो आयात ६ दशमलव ९ प्रतिशतले घटेको थियो । भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः ३ दशमलव १ प्रतिशत, २५ दशमलव शून्य प्रतिशत र १९ दशमलव ८ प्रतिशतले घटेको छ ।

राष्ट्र बैंकका अनुसार चामल, कच्चा सोयाबिन तेल, दूरसञ्चारका उपकरण तथा पार्टपुर्जा, खाने तेल, उपचारका साधन तथा पार्टपुर्जालगायत वस्तुको आयात बढेको छ । पेट्रोलियम पदार्थ, हवाईजहाज तथा पार्टपुर्जा, यातायातका साधन तथा पार्टपुर्जा, कच्चा पाम तेल, अन्य मेशिनरी तथा पार्टपुर्जालगायत वस्तुको आयात भने घटेको छ ।

समग्रमा कुल निर्यात बढे पनि पछिल्लो समय चीनतर्फ हुने निर्यात भने ह्वात्तै घटेको छ । भारत तथा अन्य मुलुकतर्फ क्रमशः १४ दशमलव ९ प्रतिशत र ६ दशमलव ५ प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीनतर्फ ५९ दशमलव २ प्रतिशतले घटेको छ । चीर्फको क्षेत्रगत निर्यातमा कमी आए पनि समग्र निर्यात भने घटेको छैन । आव २०७७र७८ को ४ महीनामा कुल वस्तु निर्यात १० दशमलव ८ प्रतिशतले वृद्धि भई रू ४० अर्ब २० करोड पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात २३ दशमलव ९ प्रतिशतले वृद्धि भएको थियो । अलैंची, जुटका सामान, धागो (पोलिस्टर तथा अन्य), चाउचाउ, आयुर्वेदिक औषधिलगायत वस्तुको निर्यात बढेको छ । तर, पाम तेल, दाल, जस्तापाता, हस्तकलाका सामानहरू, छालालगायत वस्तुको निर्यात घटेको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।

शीर्ष समाचार

धेरै पढिएको