उखु किसानको बक्यौता भुुक्तानी नगर्ने चिनी उद्योगीलाई कारवाही गर्न प्रशासनलाई पत्र

काठमाडौं, लामो समय देखि उखु किसानको बक्यौता भुुक्तानी नगर्ने चिनी उद्योगीलाई कारवाही गर्न गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेको छ ।
मंगलबार गृहमन्त्रीको अध्यक्षमा बसेको बैठकको निर्णय अनुसार चिनी उद्योगलाई कानुनी कारवाही गर्न गृह मन्त्रालयले जिल्ला प्रशासनलाई मंगलबार नै पत्राचार गरेको हो ।
लामो समय देखि चिनी उद्योगीले किसानको बक्यौता भुक्तानी नगरेपछि आइतबारदेखि किसान आन्दोलनमा उत्रिएपछि मंगलबार कृषि, उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री र गृह मन्त्री बीच गृह मन्त्रलायमा बैठक बसेको थियो ।
तीन मन्त्रालयका मन्त्रीहरु बीचको छलफलपछि किसानको बक्यौता भुक्तानी नगर्ने चिनी उद्योगीलाई कारवाही गर्ने निर्णय आएपछि सर्लाही, नवलपरासी र रौतहटका जिल्ला प्रशासन कार्यालयलाई पत्रलेखी पठाएको गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले जानकारी दिए ।
प्रवक्ता बुढाले चिनी उद्योगी किसानलाई पटक पटक सहमति गरी झुलाउने काम गरेको हुँदा अब कारवाही गरेरै बक्यौता भुक्तानी गर्न लगाउने बताए । प्रवक्ता बुढाले भने, ‘अब किसानलाई रुवाउने उद्योगीलाई यतिकै छाडिदैन ।’राजधानी दैनिकबाट
प्रतिकृया दिनुहोस्