April 18, 2024, Thursday
२०८१ बैशाख ६, बिहीबार

संवैधानिक परिषद्को बैठक भोलि बस्दै

काठमाडौं, विभिन्न संवैधानिक निकायमा रिक्त रहेका पदहरूमा सिफारिस गर्ने उद्देश्यले आइतबारका लागि बोलाएको संवैधानिक परिषद्को बैठक केही समय बसेर स्थगित गरिएको छ । परिषद्को अर्को बैठक मंगलबार (३० मंसिर) बिहान ९ बजेका लागि बोलाइएको छ ।

बालुवाटारमा आइतबार बोलाइएको बैठक गणपूरक संख्या नपुगेकाले स्थगित गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । ‘आइतबारको बैठक केही समय बसेर स्थगित भएको छ भने अर्को बैठक मंगलबार बिहान ९ बजेका लागि तय गरिएको छ,’ प्रधानमन्त्री कार्यालयका एक अधिकारीले भने ।परिषद्का सबै सदस्यलाई मंगलबार हुने बैठकबारेको पत्र आइतबार नै पठाइएको आजको राजधानी दैनिकमा खवर छ ।

शीर्ष समाचार

धेरै पढिएको