January 18, 2021, Monday
२०७७ माघ ५, सोमबार

काठमाडौं उपत्यकामा केही विद्यालय खुले, केही खुल्ने तयारीमा

  • 24
    Shares

काठमाडौं, कोरोना महामारीपछिको अवस्थामा विद्यालय पुनः सञ्चालन गर्न उपत्यकाका स्थानीय तहमा फरक–फरक खालको अभ्यास देखिएको छ ।

काठमाडौं उपत्यकाको केही स्थानीय तहले विद्यालय सञ्चालनमा ल्याइसकेका छन् भने कतिपय विद्यालय खोल्ने नखोल्ने अन्योलमा छन् । केही स्थानीय तहले माथिल्लो तहबाट विद्यालय सञ्चालन गर्ने तयारी थालेका छन् ।

ललितपुर महानगरपालिकाले विद्यालय सञ्चालन गर्न अनुमति दिने नीतिगत निर्णय गरेको छ । कुन विद्यालय कहिलेदेखि खोल्ने र कसरी सञ्चालन गर्ने भन्ने कुराको निर्णय सम्बन्धित विद्यालयले नै गर्नेछन् । महानगरपालिकाका शिक्षा प्रमुख महेन्द्र क्षेत्रीले विद्यालयको भौतिक अवस्था, विद्यार्थी सङ्ख्याका आधारमा विद्यालय व्यवस्थापन समितिले निर्णय गर्ने बताएका छन् ।

सरकारले हालै सार्वजनिक गरेको विद्यालय पुनः सञ्चालनसम्बन्धी कार्यविधिमा विद्यालय आंशिक, पूूरै वा विभिन्न माध्यमबाट सञ्चालन गर्न सक्ने विकल्प खुला गरेको छ । विद्यालयले अभिभावकसित समेत समन्वय गरेर विद्यालय सञ्चालन गर्नुपर्नेछ ।

यसैबीच महानगरले आफ्नो क्षेत्र भित्रका सबै सामुदायिक विद्यालयलाई निःशुल्क रूपमा सेनिटाइजर वा साबुन पानी उपलब्ध गराउने भएको छ । सामुदायिक विद्यालयमा स्रोत अभाव नहुने भएकाले यस खालको निर्णय गरिएको जनाइएको छ ।

काठमाडौँ महानगरपालिका भने कोरोना भाइरसको सङ्क्रमण कायमै रहेको अवस्थामा विद्यालय खोल्ने या नखोल्ने भन्ने विषयमा अन्तिम निर्णयमा पुग्न नसकेको आजको गोरखापत्र दैनिकमा खवर छ ।

शीर्ष समाचार

धेरै पढिएको