January 22, 2021, Friday
२०७७ माघ १०, शनिबार

हिउँ छिचोल्दै सिमामा सुरक्षा गस्ती

  • 31
    Shares

सिमकोट, चीनको स्वशासित क्षेत्र तिब्बतसँग जोडिएको हुम्लाको हिल्सामा स्थापना भएको सीमा सुरक्षा चौकी (बीओपी)का सुरक्षाकर्मी हिउँ छिचोल्दै गस्ती गरिरहेका छन् । यस क्षेत्रमा केही दिनअघि हिमपात भएको र तापक्रम माइनस सात डिग्री सेल्सियससम्म झरे पनि सुरक्षाकर्मीले नियमित गस्ती छोडेका छैनन् ।

हिल्साको सीमा सुरक्षा चौकीका इञ्चार्ज सशस्त्र प्रहरी निरीक्षक सुरज केसीको नेतृत्वमा रहेको टोलीले किट क्षेत्र, लिमी र नारातर्फ सीमा स्तम्भको निरीक्षण गर्दै आएको छ । अहिले यहाँको तापक्रम माइनस सात डिग्री सेल्सियससम्म झरिसकेको र अझै घट्ने क्रममा रहेको इञ्चार्ज केसीले जानकारीे दिएका छन् ।

बिहान उठ्दा धारा, शौचालय, बाल्टिनमा राखिएको पानी जम्ने गरेको जानकारी दिँदै जटिल अवस्थामा पनि सीमा क्षेत्रमा अवाञ्छित गतिविधि नहोस् भनेर गस्ती जारी राखिएको उनले स्पष्ट पारे ।

बीओपीमा २० देखि २५ जना सुरक्षाकर्मी बस्नुपर्नेमा हिल्सामा हाल २० जना छन् । चार हजार छ सय मिटर अग्लो नारा लेकमा बाक्लो हिउँ छ र हावा पनि लाग्ने भएकाले समस्या हुने गरेको छ ।

हिल्सा कर्णाली नदीको गहिरो खोँचमा भएका कारण हिउँदमा घाम पनि थोरै समय लाग्छ । हावा पनि त्यतिकै चल्ने भएको हुँदा त्यहाँको बसाइँ कष्टकर हुने गरेको छ । हिमपातका कारण मङ्सिरदेखि चैतसम्म नारा लेकमा आउजाउ बन्द हुने आजको गोरखापत्र दैनिकमा खवर छ ।

शीर्ष समाचार

धेरै पढिएको