April 19, 2024, Friday
२०८१ बैशाख ७, शुक्रबार

अब मोबाइल एप्सबाटै पढ्न सकिने

काठमाडौं, शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षक विद्यार्थीलाई लक्षित गरी ई–क्लास नेपाल मोबाइल एप्स सञ्चालनमा ल्याएको छ ।

विद्यालय तहका विद्यार्थी तथा शिक्षकलाई तत्काल सेवा उपलब्ध गराउने उद्देश्यले सो एप्स सञ्चालनमा ल्याएको हो । एप्सको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले उद्घाटन गरेका छन् ।

यस एप्समा शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट विकास गरी टेलिभिजनबाट प्रसारण गरिएका सबै पाठहरूमा रहेका पाठ्यपुस्तकहरूलाई अझ सरल ढंगबाट अध्ययन गर्न मिल्ने तथा शिक्षकहरूका लागि समेत उपयोगी हुने गरी विषयगत÷कक्षागत शिक्षक निर्देशिका र पाठ्यक्रमहरू समावेश गरिएको केन्द्रका महानिर्देशक वैकृष्ठ अर्यालले बताए।

सामान्य मोबाइलमा कम गतिको इन्टरनेट सेवा भएका स्थानबाट पनि सजिलै अध्ययन गर्न र हेर्न मिल्ने गरी यी सामग्रीहरू राखिएको जानकारीसहित विगतमा निश्चित समय तालिकाअनुसार प्रसारण गरिएका पाठहरूलाई आफ्नो अनुकूल समयमा विद्यार्थीको सिकाइको गति अनुरुप हेर्न र अध्ययन गर्न सकिने भएकोले यो एप्स विद्यालय शिक्षा कक्षा १० सम्मका विद्यार्थीहरूका लागि निकै उपयोगी हुने जनाइएको छ ।

ई–क्लास नेपाल नामको यो मोबाइल एप्स प्रयोग गर्दा विद्यार्थीहरूले आफ्नो सामान्य विवरण र मोबाइल नम्बरसहित विद्यार्थीको क्षेत्रबाट र शिक्षकले शिक्षकको क्षेत्रबाट प्रवेश गरी रजिस्टर गर्नुपर्ने व्यवस्था गरिएको आजको नेपाल समाचारपत्र दैनिकमा खवर छ ।

शीर्ष समाचार

धेरै पढिएको