April 19, 2024, Friday
२०८१ बैशाख ८, शनिबार

डिम्याट खाता खोल्नेको संख्या ह्वात्तै बढ्यो

काठमाडौं, पछिल्लो समयमा डिम्याट खाता खोल्नेको संख्या ह्वात्तै बढेको छ । सिडीएस क्लियरिङ लिमिटेडका अनुसार शुक्रवारसम्म २२ लाख ११ हजार ९७ डिम्याट खाता पुगेको छ ।

पछिल्लो सयमा धितोपत्र बजारमा नयाँ नयाँ कम्पनीहरुको आईपीओ जारी भइराखेकाले पनि डिम्याट खाता खोल्नेको संख्या बढेको हो । देशभरीमा ७६ ओटा डिपी कम्पनी र ६४ ओटा बैंक तथा वित्तीय संस्थाहरु सि (आस्वामा दर्ता भएकाले तीनका शाखा कार्यालयहरुबाट डिम्याट खाता खोल्ने र केही डिपीले अनलाइनबाटै डिम्याट खाता खोल्ने सुविधा ल्याएकाले पनि डिम्याट खाता खोल्नेको संख्या बढेको हो ।

असोज २६ गतेसम्म डिम्याट खाताको संख्या २० लाख ७३ हजार १६८ रहेको थियो भने कात्तिकमा मात्रै त्यो बढेर आजसम्म १ लाख ३७ हजार ९२९ थपिएको छ । केहि वर्षदेखि प्रत्येक आवेदकलाई सार्वजनिक निष्कासनमा अनिवार्य रुपमा १० कित्ता शेयर दिनुपर्ने व्यवस्था भएपछि पनि डिम्याट खाता खोल्नेहरुको संख्या बढेको हो । प्रथामिक र दोस्रो बजार पनि पूर्णरुपमा अनलाईन प्रणालीमा गएकाले पनि आगामी दिनमा अझै डिम्याट खाता खोल्नेको संख्या बढ्ने देखिन्छ ।

पछिल्लो समय कोरोना महामारीले अरु क्षेत्र प्रभावित भइरहँदा अन्य क्षेत्रका पनि शेयरबजार प्रवेश गरिरहेका छन् । त्यसोत प्राथमिक बजारबाट थोरै लगानी गरेर छोटो सयममा राम्रो प्रतिफल प्राप्त हुने भएकाले पनि शेयर बजारमा प्रवेश गर्नेको संख्या बढेको हो ।

पछिल्लो पटक नयाँ बीमा कम्पनीले निष्कासन गरेको आईपीओमा ९ लाखभन्दा बढीले आवेदन दिएको पाइएको छ । आर्थिक अभियान दैनिकबाट

शीर्ष समाचार

धेरै पढिएको