April 19, 2024, Friday
२०८१ बैशाख ८, शनिबार

कुकुरधनीले अब आफ्नो कुकुरको अनिवार्य दर्ता गराउनुपर्ने

काठमाडौं, काठमाडौँ महानगरपालिकाका कुकुर पाल्न सौखिन कुकुरधनीले अब आफ्नो कुकुर वडा कार्यालयमा अनिवार्य दर्ता गराउनुपर्ने छ ।

घर पालुवा कुकुरको उचित संरक्षण नगरिएको, बटुवा वा छरछिमेकमा हैरानी गराएको र सार्वजनिक स्थलमा मलमूूत्र त्याग गराएर फोहोर गरेपछि दर्ता अभियान सुरु गर्न लागेको हो । महानगरले सचेतना अभियान चलाउँदा पनि नभएपछि अब दोस्रो चरणमा कुकुर धनीलाई कारबाहीसमेत गर्ने भएको छ ।

कुकुरधनी माथि निगरानी
काठमाडौँ महानगरपालिकाले घरपालुवा कुकुरलाई सार्वजनिक स्थलमा शौच गराउने कुकुरधनी उपर निगरानी बढाएको छ ।

ओमबहाल, मैजुबहाल, जयबागेश्वरी, सिफल, कालोपुुल लगायतका क्षेत्रका बाटोमा कुकुरलाई शौच गराइरहेका कुकुरधनीलाई नियन्त्रणमा लिएर यसो नगरिदिन अनुरोध गर्दै आएको छ ।

महानगरपालिका नगर प्रहरी प्रमुख धनपति सापकोटाका अनुसार महानगरपालिकाले पहिलो चरणमा सचेतना कार्यक्रम तीव्र बनाएको छ । सचेतनासँगै काठमाडौँ महानगरमा छाडा कुकुरको घाँटीमा हरियो रङको पेटी बाँध्न थालिएको आजको गोरखापत्र दैनिकमा खवर छ ।

शीर्ष समाचार

धेरै पढिएको