May 8, 2021, Saturday
२०७८ बैशाख २५, शनिबार

‘कूटनीतिक तहमा वार्ताको ढोका खोल्न सक्ने’

काठमाडौं, भारतीय स्थल सेना प्रमुख मनोजमुकुन्द नरवणेको तीन दिने नेपाल भ्रमणले दुई देशबीचको तिक्तता हट्न सक्ने सम्भावना रहेको छ । दुई देशबीचको सम्बन्ध सुदृढ बनाउन सेना प्रमुख नरवणेको भ्रमणले सहज स्थिति सिर्जना हुन सक्ने संकेत देखिएको छ ।

यसअघि परम्परागत रूपमा भारतीय सेना नेपाली सेनाको निमन्त्रणामा आउने गरेको भए पनि यस पटकको भ्रमणलाई विशेष रूपमा लिइएको छ । सेनापति मनोजकुमार नरवणे नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाको निमन्त्रणामा नेपाल आउन लागेका हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई नेपाली सेनाको मानार्थ रथीको दर्जा दिनेछिन् । यसअघि भारतका सेना प्रमुखलाई पनि मानार्थ रथीको दर्जा ग्रहण गराउँदै आइएको भए पनि यसपटकको नरवणेको भ्रमणले विशेष अर्थ राख्नेछ ।

उनले सो दर्जा पाएसँगै यहाँ राजनीतिक भेटवार्ता गर्ने कार्यक्रम पनि रहेको छ । कालपानी, लिम्पियाधुरा र लिपुलेकलगायतका सीमा विवादका कारण दुई देशबीच तिक्तता बढिरहेको बेला नरवणेको भ्रमणले दुई देशको राजनीतिक र कूटनीतिक तहमा लागेको ग्रहण केही हदसम्म हट्ने अपेक्षा लिइएको आजको राजधानी दैनिकमा खवर छ ।

शीर्ष समाचार

धेरै पढिएको