December 3, 2020, Thursday
२०७७ मंसिर १८, बिहीबार

अब बजार अनुगमन टोलीले नै व्यापारी पक्राउ गर्न सक्ने

  • 7
    Shares

काठमाडौं, उपभोक्ता हितप्रतिकूल व्यवसाय गर्ने व्यापारीलाई अनुगमनकारी निकायका टोलीले तत्काल पक्राउ गर्न सक्ने भएका छन् । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले ४ कात्तिकमा स्वीकृत गरेको बजार अनुगमन कार्यविधि, ०७७ ले निरीक्षण अधिकृतलाई अनुगमनस्थलबाटै व्यापारी पक्राउ गर्ने अधिकार दिएको हो ।

कार्यविधिको बुँदा नम्बर १८ मा भनिएको छ, ‘ऐन र नियमावलीविपरीतको कुनै कार्य गर्ने व्यक्ति तत्काल फेला परेको वा कसुर गर्दागर्दैको अवस्थामा फेला परेमा, निज भाग्न–उम्कन सक्ने देखिएमा निरीक्षण अधिकृतले अनुसन्धान प्रयोजनका लागि तत्काल पक्राउ गर्न सक्नेछ ।’ यसरी पक्राउ गरेको व्यवसायीलाई सात दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न पनि निरीक्षण अधिकृतलाई अधिकार दिइएको छ ।

मन्त्रालयमातहतको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागबाट खटिएको अनुगमन टोलीलाई व्यवसायी पक्राउ गर्ने अधिकार दिइएको नयाँ पत्रिका दैनिकमा खबर छ । विभागले दुई वर्षअघिबाट कार्यान्वयन गर्दै आएको उपभोक्ता संरक्षण ऐनअनुसार हालसम्म ५ हजारदेखि ३ लाख रुपैयाँसम्म जरिवाना तिराएर छाड्दै आएको छ । तर, अबका दिनमा व्यवसायीलाई पक्राउ गरी अनुसन्धान नै गर्ने बाटो पनि खुलेको छ ।

विभागमा महानिर्देशक नेत्रप्रसाद सुवेदीले ऐनले गरेको व्यवस्थालाई कार्यान्वयन गर्न कार्यविधि तयार गरिएको बताएका छन् । ‘ऐनमा नै व्यवसायीलाई पक्राउ गरी थुनामा राख्न सक्ने भनिएको छ । त्यसलाई स्पष्ट व्याख्या गरी कसुरदार व्यवसायीलाई पक्राउ गर्ने अधिकार निरीक्षण अधिकृतलाई दिइएको हो,’ उनले भने । 

शीर्ष समाचार

धेरै पढिएको