
काठमाडौं, कोभिड–१९ महामारीमा पनि जनप्रतिनिधिले दसैँ भत्ता बुझेको बताउँदै चौतर्फी आलोचना भइरहँदा प्रदेश र स्थानीय तहमा पनि फिर्ता गर्ने लहर चलेको छ । कतै कोरोना कोषमा रकम जम्मा गर्ने निर्णय भएको छ भने कतै निर्वाचन क्षेत्रमा विपन्न परिवारका लागि खर्चिने घोषणा गरिएको छ ।
जनता समाजवादी पार्टी (जसपा)ले पार्टी कोषमा रकम दाखिला गर्न आफ्ना सबै सांसदलाई निर्देशन दिएको छ । बागमती प्रदेशमा कांग्रेसले आफ्ना सांसदलाई आ–आफ्नो निर्वाचन क्षेत्रमा गरिब, विपन्न, एकल महिला र दलितको उपचार र शिक्षाका लागि उक्त रकम खर्च गर्न निर्देशन दिएको छ । नयाँ पत्रिकाबाट







