November 29, 2020, Sunday
२०७७ मंसिर १५, सोमबार

प्रचण्डको पीडा : हिजो प्रधानमन्त्री, आज न सचिव न मन्त्री

  • 2
    Shares

काठमाडौँ, कुनै बेला थियो, देशमा प्रचण्डले चाहँदा कोही प्रधानमन्त्री बन्थ्यो र हट्थ्यो पनि । अहिले एउटा सचिव बनाउने र मन्त्री हटाउने स्थिति छैन । ०६६ सालमा झलनाथ खनाल, ०६८ सालमा बाबुराम भट्टराईदेखि ०७२ मा केपी ओलीलाई प्रधानमन्त्री बनाउने र हटाउने दुबै खेलका सूत्रधार प्रचण्ड अहिले आफूसरहकै अध्यक्ष केपी ओलीसँग दिनैपिच्छे तारिख धाएझैँ वार्ता गरिरहनुभएको छ । उहाँको चाहना छ कि, केही मन्त्री हेरफेर गरौं । तर, न केपीले चाहेर कोही मन्त्री थप्न र निकाल्न सक्नुभएको छ, न प्रचण्डले । चाहँदा केपीका निम्ति यो कुनै ठूलो समस्या होइन । मात्रै, अर्का अध्यक्षको पनि बचन तोडेर पाइला पाइलामा किन निहुँ खोजिरहुँ भनेरमात्रै हो । नत्र, कस्ताकस्ता निर्णय नसोधी गर्ने हिम्मत भएका केपीमा मन्त्री जाबो फेर्नु उति मुस्किलको कुरै हैन ।

यसबीच, पूर्वमाओवादी अर्थात्, प्रचण्डका मान्छेहरू मन्त्री पाइन्छ भनेर केपीतिर लागे । टोपबहादुर रायमाझी, प्रभु साह, हरिबोल गजुरेलसम्म केपीको लिष्टमा छन् । त्यसमध्ये पनि हरिबोल त पूर्वएमालेप्रति यति अनुदार कि, केपी ओलीलाई सिध्याउनै पर्छ भन्ने । तर, समयले कहाँ पु¥याइदियो भने, माओवादी कोटामा त र केपीको रोजाइमा मन्त्री खान ठिक्क पर्नुपर्ने ।

सहयोद्धाहरू साथै रहुन् भन्ने जोड प्रचण्डको छ, जवाफ पनि त्यस्तै आउँछ । तर, परिणाममा देखिन्छ– स्थिति त्यस्तो होइन । प्रचण्डले बादल, प्रभु र लेखराजको नाम केपीको मुखबाट सुन्नुपर्ने दिन कति कष्टपूर्ण भइरहेको होला १ पक्षधरता भन्ने चिज कति खतरनाक हुन्छ भने, पशुपतिका भूलभट्टले अरु थुप्रै देशका पत्रकार पुग्दा भारतीय प्रेस काउन्सिलका अध्यक्ष चन्द्रमौलि कुमारप्रसादलाई मात्रै विशेष किसिमले रुद्राक्षको माला लगाइदिए, अरुलाई झारेझुरे व्यवहारमा पारे । किनभने, चन्द्रमौली थिए भारतीय, मूलभट्ट पनि त्यहीँका । यसरी मन्दिरमा त भेदभाव हुन्छ भने यो त व्यक्तिको तजबजिमा चल्ने पार्टी हो ।जनआस्था साप्ताहिक

शीर्ष समाचार

धेरै पढिएको