September 20, 2021, Monday
२०७८ आश्विन ४, सोमबार

कोरोना संक्रमणले थुनावाका मुद्दा प्रभावित

काठमाडौँ, सर्वाेच्च अदालतले आगामी साताका लागि पेशी तोकिएका सबै थुनुवाका मुद्दा साप्ताहिक पेशी सूचिबाट स्थगित गरेको छ। सर्वाेच्चले असोज २४ देखि ३० सम्मका लागि तोकिएका थुनुवाका सबै मुद्दा साप्ताहिक पेशीमार्फत स्थगित गरेको हो। कोरोना भाइरस सामुदायिक स्तरमा छिरिसकेपछि न्यायाधीश, कर्मचारी र कानुन व्यवसायीमा देखिएको संक्रमणले न्यायिक काम गंभीर ढंगले प्रभावित भएको छ।

कात्तिक १ गतेदेखि १५ दिनको लागि देशैभरीका अदालतहरु बन्द रहने हु‘दा थुनुवाका मुद्दाको सुनुवाई धकेलिएका छन्। आइतबार २८ वटा, सोमबार २६ वटा, मंगलबार २८ वटा, बुधबार २६ वटा, बिहिबार २६ वटा र शुक्रबार २४ वटा थुनुवाका मुद्दा साप्ताहिक पेशी सूचिमा चढेका थिए। तर, तिनको सुनुवाई अब कहिलेसम्मका लागि स्थगित हुने हो आंकलन गर्न सकिने अवस्था छैन। थुनुवाकै मुद्दामा असर परेपछि अरु रिट र मुद्दाहरुको सुनुवाईमा परेको असर स्वतः ऑकलन गर्न सकिन्छ।

‘यो कोरोनाको असर हो। सर्वाेच्चले अन्य सेवा प्रवाह गरिरहेकै छ, तर सुनुवाईको सन्दर्भमा बन्दीप्रत्यक्षकरणको सुनुवाई बाहेकका अन्य सेवा सिमित गरिएका हुन’, सर्वाेच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलको टिप्पणी छ।

‘माननीय न्यायाधीशज्यू र इजलास अधिकृतमा समेत कोरोनाको संक्रमण देखिएपछि सुनुवाई खुम्च्याइएको हो। उद्यपी अन्य म्याद, हदम्याद जाने सेवाग्राहीका काम कम भएका छैनन त्यसैले सेवाग्राहीलाई ती सेवा उपलब्ध हुनेछन्,’ पोखरेलको भनाई छ।

साप्ताहिक सूचिमार्फत तोकिएका थुनुवा सम्बन्धि सबै मुद्दा स्थगित भएकाले दैनिक प्रक्रियाबाट चढ्ने पेशीमा समेत थुनुवा र अन्य रिटको सुनुवाई सिमित गरिएको न्यायक्षेत्रमा विश्लेषण गरिएको छ। कोरोनाको कहरमा सर्वाेच्च अदालतले आफ्नो सेवालाई अत्यावश्यक सेवा मानिने बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाईमा मात्र सिमित गर्दै लगेको छ।

सर्वाेच्च अदालतको सेवा सिमित हु‘दा संवैधानिक इजलासमा बुधबारका लागि तोकिएको सत्तारुढ नेकपाका उपाध्यक्ष बामदेव गौतमको राष्ट्रिय सभा सदस्यमा भएको मनोनयन विषयको सुनुवाई समेत अन्यौलमा परेको छ।

गत साता गौतमको पेशी एकाएक स्थगित हुन पुगेको थियो। संवैधानिक इजलासको सुनुवाई प्रभावित हु‘दा मन्त्रीपरिषद् पुनर्गठनमा समेत असर देखिएको छ। संवैधानिक इजलासबाट प्रतिनिधि सभामा हारेको व्यक्ति राष्ट्रिय सभा सदस्य हुन अयोग्य नहुने ठहर भएमा गौतमलाई सरकारमा सामेल गराएर मन्त्रीपरिषद् पुनर्गठन हुने संकेतहरु देखिएका छन्।नागरिक दैनिक

शीर्ष समाचार

धेरै पढिएको