September 20, 2021, Monday
२०७८ आश्विन ४, सोमबार

सुधारका लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक

काठमाडौँ, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले विश्वव्यापी शान्ति सुव्यवस्थाका लागि बाङडुङ सम्मेलनले प्रतिपादन गरेका सिद्धान्त समयसापेक्ष र सांस्कारिक आदर्शका रूपमा रहेको बताएका छन् ।

संयुक्त राष्ट्रसङ्घीय महासभाको जारी ७५औँ साधारण सभाको अवसर पारेर शुक्रबार आयोजना गरिएको असलंग्न आन्दोलनको मन्त्री स्तरीय वार्षिक बैठकलाई सम्बोधन गर्दै ज्ञवालीले असंलग्न आन्दोलनको आधारशीलाका रूपमा रहेको १० बुँदे सिद्धान्तको पालना अझै पनि महत्वपूर्ण छ भने ।

वर्तमान अवस्थामा सबैभन्दा गरिब र सबैभन्दा कमजोर देश र जनतामा परेको कोभिड–१९ को प्रभावलाई जोड दिदै उनले सुधारका लागि अझ बढी अन्तर्राष्ट्रिय सहयोग आवश्यक रहेको बताए ।

उनले भने, ‘‘थप सहयोग र फाइदा उपलब्ध गराउनका लागि आन्तरिकीकरण गर्ने र बहुपक्षीय संस्थालाई सुदृढ पार्नुपर्ने आवश्यक छ, जसले गर्दा सबै ठूला वा साना–ठूला सबै मर्यादामा मिलेर शान्ति, समृद्धि र न्यायको साझा लक्ष्यमा योगदान पु¥याउन सक्छन् ।’’

सङ्ख्यात्मक र नैतिक बलका साथ असंलग्नका घटकले यसको सही स्थान दाबी गर्दै कमजोर देशहरूको आवाज बढाउनुपर्नेमा उनको जोड रह्यो । असंलग्न आन्दोलन आफैँले तर्कसङ्गत सामूहिक आवाज र यसका सदस्यका लागि शक्तिको स्रोतको रूपमा रहेको प्रमाणित गर्नुपर्ने भनाइ उनको छ ।सभार गोरखापत्र

शीर्ष समाचार

धेरै पढिएको