April 18, 2021, Sunday
२०७८ बैशाख ५, आईतवार

लोकप्रियतावादको रजगज

  • 3
    Shares

रामायणकल्पित कथा (मिथ) हो वा इतिहास, भिन्न मत छन्। यो हिन्दुहरूको पवित्र धार्मिक ग्रन्थ हो। राम र सीता पुजनीय छन्। भगवानका रूपमा पुजनीय हुनु आस्था र विश्वासको कुरा हो। सबैको आस्था नहुन सक्छ। तर चरित्र सबैका लागि अनुकरणीय छ। पिताको वचन पालन गर्ने कर्तव्यपरायण पुत्र, अनुशासित तथा आज्ञापालक शिष्य, एक पत्नीव्रत तथा पत्नीको दुःख अनुसरण गर्ने प्रेमिल पति, सहृदयी भ्राता, स्नेही पिता तथा प्रजारञ्जक राजा सबै भूमिकामा राम अब्बल छन्। जस्तो परिस्थिति आइपरे पनि मर्यादापालन गर्न नचुक्ने हुनाले रामलाई मर्यादा पुरुषोत्तम पनि भनिन्छ। हिजोआजका महिलावादीले गर्भवती अवस्थामा पत्नीलाई एक्लै बनमा छाड्नुलाई पुरुष अहंकार र राजकीय स्वार्थ पनि भन्छन्। तर राजा भई राजकाज गर्दा प्रजाको सानो शंका वा आलोचनालाई पनि गम्भीरतापूर्वक लिनुपर्छ र राजकाजलाई पारिवारिक मोह वा स्वार्थले प्रभावित पार्नु हुँदैन भन्ने उत्तम आदर्श प्रस्तुत गर्न योभन्दा सशक्त उदाहरण अर्को हुन सक्दैन। पत्नी वियोगको दुःखमा राजमहलमा बस्दा पनि भुइँमा सुत्नु, राजकाज गर्नु तर राजर्षि सुखको त्याग गर्नुले राजाको कर्तव्यपालन र पत्नी वियोग तथा दुःखको पीडाले आफैंलाई दण्डित गरेको एकैपटक दर्शाएको छ।

भगवान् वा ईश्वरको साकार रूप कसैले देखेको छैन अथवा मैले देखें भन्ने कोही भेटिएको छैन। ईश्वरलाई सर्वशक्तिमान मानिन्छ। सर्वशक्तिमान ईश्वरले गर्ने कार्य मनुष्यले गर्न सक्दैन, ईश्वरीय क्षमता मनुष्यमा हुँदैन भन्ने मान्यता छ। रामले राजा वा युवराजका रूपमा एउटा मनुष्यले गर्न सक्ने कार्य गर्नुभयो, कृष्णको जस्तो चमत्कार गर्नुभएन। म भगवान् हुँ पनि भन्नुभएन। रामले गरेका कार्य, राजा हुने वा राजाको जस्तो कार्य गर्नुपर्ने सबै राजकाजी व्यक्तिले गर्न सक्ने काम छन्। त्यसैले नीतिज्ञहरू कृष्णको उपदेश ग्रहण गर, रामको अनुसरण गर भन्छन्। गर्न सक्ने काम पनि गर्न अनिच्छित भएपछि नै रामलाई भगवान् बनाइएको होला। भगवान् बनाएर मन्दिरमा थुनी धूप चढाएपछि बाहिर जति अत्याचार गरे पनि पुण्यात्मा कहलाइने सजिलो र फाइदाजनक युक्ति निकाल्ने शासकको चतु¥याइँ अचेलको शासनमा प्रभावी छ। ताज्जुब लाग्छ– रावण चरित्र भएका हिजोआज रामलाई थुन्न अयोध्यामा राममन्दिर बनाउँदैछन्। देखासिकी गर्दै चितवन माडीको अयोध्यामा पनि राममन्दिर बनाउने चर्चा सुनिँदै छ। खप्तडबाबा विचार विज्ञानमा भन्नुहुन्छ– राम्रो विचारले राम्रै विचारलाई आकर्षित गर्छ, खराब विचारले खराब विचार नै ग्रहण गर्छ। छिमेकका ठूला रावणको अनुसरण गर्नु साना रावणको धर्म नै हो। मोदीको अयोध्यामा राममन्दिर निर्माण गर्ने, रामलाई मन्दिरभित्र थुन्ने, भेटीको आम्दानीले रावण राज चलाउने। रामलाई मन्दिरभित्र बन्दी बनाएपछि राम राज्यको चर्चै गर्नुपरेन। लोकप्रियता पनि आम्दानी पनि हुने गज्जबको आइडिया। राममन्दिर निर्माणले नै जयजयकार हुने भएपछि कोरोना जनस्वास्थ्यका कुरामा धन र समय खर्च गर्नु नै परेन। रामको अयोध्यापुरीमा रावणराजको ‘रावणायन’ रचनामा सहयोगी बनी पुण्यलाभ गर्न पछि परिएला, छिटो होस्टेमा हैसे मिलाऊँ।अन्नपूर्ण पोस्ट

अहिले प्रजातान्त्रिक प्रणाली भएका धेरै देशमा लोकप्रियतावादीको चकचकी छ। गएको १५ अगस्तमा दिल्लीको लालकिल्लाबाट मोदीले छिमेकको नयाँ परिभाषा घोषणा गरे ‘मनले छिमेकी’ भन्ने। जगजाहेर छ– मोदी शासनकालमा भारतका सबै छिमेकी देशसँग भारतको राम्रो सम्बन्ध छैन। छिमेक प्राथमिकताको कर्णप्रिय नारासहित शासनारूढ मोदीको यो ठूलो असफलता हो। लोकप्रियतावादी असफलता छिपाउने लोकप्रिय बहाना खोजिहाल्छन्। मोदीले जमिन र समुद्रले मात्र छिमेकी नभएर मनले पनि छिमेकी हुन सकिन्छ; भारतका मनका छिमेकी पश्चिम एसियाका मुलुक हुन्; पश्चिम एसियाका देशसँग भारतको राम्रो सम्बन्ध छ भनी आफ्नो परराष्ट्र नीति सफल भएको बखान गरे।अन्नपूर्ण पोस्ट

शीर्ष समाचार

धेरै पढिएको