March 29, 2024, Friday
२०८० चैत्र १६, शुक्रबार

चाडपर्वसँगै कोरोना गाउँका कुनाकुनामा पुग्ने सम्भावना

काठमाडौँ, संक्रमण लकडाउनकै बखत तीव्र रूपमा बढ्दै गएको र यो चाडपर्वसँगै गाउँका कुनाकुनामा पुग्ने स्थिति रहेको जनस्वास्थ्य विज्ञहरुले औंल्याएका छन् ।

राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वप्रमुख डा. बाबुराम मरासिनीले अहिलेकै जस्तो लापरबाही हुने हो भने दसैं–तिहारमा पहाडी जिल्लामा समेत फैलिने स्थिति रहेको बताए । ‘दसैं आउँदैछ, अब घर जानेहरूले गाउँ–गाउँमा पु९याउने स्थिति छ,’ उनले भने । दैनिक ७० भन्दा बढी जहाजबाट आउनेका कारण पनि संक्रमण गाउँगाउँमा पुग्ने स्थिति रहेको उनको विश्लेषण छ ।

यही अवस्थामै थप फैलिन नदिन सरकारले आवतजावत गर्नेहरुको २४ घण्टे पिसिआर रिपोर्ट हेरेर मात्र पठाउने र रिपोर्ट नहुनेलाई बाटैमा जाँच गरी आइसोलेसनमा राख्ने व्यवस्था मिलाउनुपर्ने सुझाए । ‘लक्षण नभएकाको छिटो परीक्षणका लागि शुल्क घटाएर ७ सय ५० लिनुप¥यो, लक्षण भएकाको निःशुल्क गर्नुपर्यो,’ उनले भने ।

संक्रमितमध्ये १० देखि १५ प्रतिशतमा मात्र कडा लक्षण देखिने भएकाले यो समूहका लागि उपचार व्यवस्थापनमा ध्यान दिनुपर्ने डा मरासिनी र राष्ट्रिय इपिडिमियोलोजी महाशाखाकै जनस्वास्थ्य अधिकृत उत्तमकुमार कोइरालाको सुझाव छ । आइसोलेसनमा बस्नेका लागि भन्दा अस्पताल भर्ना हुनेका लागि आइसियु, अक्सिजन र भेन्टिलेटर भएका शड्ढयामा वृद्धि गर्नुपर्छ,’ कोइरालाले भने । उपचार सेवा प्रभावकारी भए संक्रमितको मृत्युदरमा कमी ल्याउन सकिने उनीहरूको तर्क छ ।

हाल उपत्यकाका हकमा बैंक, प्रहरी, स्वास्थ्यकर्मी, मालपोतजस्ता सेवा प्रवाह गर्ने कार्यालय, सपिङ मल र बजारबाट बढी संक्रमण फैलिरहेको पाइएकाले यी ठाउँलाई पूर्ण रूपमा संक्रमणविहीन बनाउने मापदण्ड लागू हुनुपर्ने डा. मरासिनीको सुझाव छ । ‘शून्य संक्रमणयुक्त सेवा दिनेगरी यी ठाउँमा मापदण्ड पालना हुनुपर्छ,’ उनले भने । नागरिक दैनिक

शीर्ष समाचार

धेरै पढिएको