January 16, 2021, Saturday
२०७७ माघ ३, शनिबार

सिमा क्षेत्रसम्म ल्याएको प्याज देश भित्र्याउन नपाउँदा नेपाली व्यवसायीले भारतमै बेचे प्याज

  • 8
    Shares

विराटनगर, नेपाली सिमा क्षेत्रसम्म ल्याएको प्याज देश भित्र्याउन नपाउँदा नेपाली व्यवसायिले लाखौं नोक्सान बेहोरेर भारतमै प्याज खरितकर्ता खोजेर बिक्री गर्नुपर्ने अवस्था उत्पन्न भएको छ ।

भारत सरकारले आन्तरिक खपतलाई परिपूर्ति गर्दै बढ्दो मूल्य नियन्त्रण गर्न भनेर भदौ ३० बाट अन्य मुलुकमा प्याज निर्यातमा रोक लगाएको थियो । जसका कारण नेपाल ल्याउन सीमा क्षेत्रको जोगवनीसम्म ल्याएर ठिक्क पारिएको प्याजका १२ वटा ट्रक उतै रोकिनु पर्ने अवस्था आयो ।

विराटनगर भन्सार हुँदै भोलिपल्ट नेपाल भित्र्याउने तयारी गरिएको भए पनि अघिल्लै दिन भारत सरकारले अचानक प्रतिबन्ध लगाइदिँदा प्याज लोड गरिएका गाडी ल्याउन नसकिएको व्यवसायीको भनाइ छ । विराटनगरको गुद्री बजारस्थित प्याजका थोक विक्रेता पशुपति भगतले तीन सय ४० मेट्रिकटन ९तीन लाख ४० हजार किलो० बढी प्याज नेपाल भित्र्याउन नसकिएको बताए ।

‘बीचमा कुनै उपाय लगाउँदै भित्र्याउन सकिन्छ कि भनेर पनि प्रयास गरियो’, उनले भने, ‘नसकेपछि उतै थोक विक्रेता खोज्दै बिक्री गर्नुपर्ने अवस्था आयो ।’ १२ वटामा भगतका मात्रै सातवटा ट्रक थिए । उनका अनुसार नेपाल भित्र्याउन नसकेपछि भारतको फरबिसगञ्ज, पूर्णिया र दरभंगाका व्यापारीलाई सस्तोमा प्याज बिक्री गर्नुपर्ने बाध्यता आयो ।

उनले आफ्नो मात्रै सातवटा ट्रकमा लोड गरिएको दुई लाख १० हजार किलो ९२१० मेट्रिकटन० प्याज केहीदिन जोगवनीमा अड्किएको र ल्याउन नपाउँदा उतै बेचिएको बताए । आफूले भारतमा खरिद गर्दा प्याज प्रति किलो भारतीय ४८ रुपैयाँ ५० पैसा ९७७ रुपैयाँ ६० पैसा नेपाली० परेको भगतले बताए। ‘भारतीय एक करोड एक लाख ८५ हजार रुपैयाँ ९नेपाली एक करोड ६२ लाख ९६ हजार रुपैयाँ० लगानी गरेर प्याज ल्याइएको थियो’, उनले भने, ‘तर प्रति किलो छ रुपैयाँ नौ पैसासम्म घाटा खाएर बेच्नु पर्‍यो ।’

भगतले प्याज भारतीय व्यापारीलाई प्रति किलो ४१ रुपैयाँ ६० पैसा नेपाली ६६ रुपैयाँ ५६ पैसा का दरले बेच्नु पर्दा ठूलो घाटा लागेको जानकारी दिए । रोकिएको सबै प्याज बेच्दा भारतीय ८७ लाख ३६ हजार रुपैयाँ ९नेपाली एक करोड ३९ लाख ७७ हजार रुपैयाँ मात्रै प्राप्त भएको उनको भनाइ छ । किलोमै छ रुपैयाँ नौ पैसा कममा बेच्दा सावाँमा भारतीय १४ लाख ४९ हजार रुपैयाँ ९नेपाली २३ लाख १८ हजार चार सय रुपैयाँ घाटा लागेको भगतले बताए ।अन्नपुर्ण पोस्ट

शीर्ष समाचार

धेरै पढिएको