
काठमाडौं, पूर्व प्राथमिक तहमा पढ्नको लागि गरिएको अनलाइन कक्षाले ससाना बालबालिकाको साथै अभिभावकले सास्ती खेप्नुपरेको छ । विद्यालयमा पूर्व प्राथमिक तहमा पढ्ने स–साना नानीहरू हिजोआज हातमा ट्याब्वलेड, मोबाइल वा ल्यापटप लिएर बसेको दृश्य घरघरमा देख्न सकिन्छ । नानीहरूसँगै तीनका अभिभावक पनि त्यत्तिकै सक्रिय भइरहेको देखिने गरेका छन् । जसको कारण कामकाजी अभिभावकलाई निकैगाह्रो भइरहेको छ ।
कार्यालयको कामसँगै बालबालिकाको अनलाइन कक्षामा पनि सँगै बस्ने निकै कठिन भएको छ बैंकमा कार्यरत विनिता चित्रकारले बताएका छन् । उनले भने, हामी संयुक्त परिवारमा बसे पनि अनलाइन कक्षाले धेरै कठिनाइ भोग्नुपरेको छ । सानो छोरी कक्षा एकमा जाने तर उसँगै कक्षामा आफू पनि बस्नुपर्ने बाध्यता छ उनले थपे, घरमा सासु ससुरा भए पनि उनिहरुलाई प्रविधिको ज्ञान नभएको कारण अनलाइन कक्षामा बस्न पनि सक्नुहुन्न । न काम गर्ने न छोरी सँग कक्षा लिने निकै दोधारमा हुन्छ ।
अनलाइन कक्षामा केही नबुझ्ने र अरु बालबालिकाको आवाज मात्र आउने कारण छोरीले केही नबुझेर रुने गरेको पनि गुनासो पोखे । कोभिड–१९ को महामारीका कारण विद्यालयहरू बन्द भएपछि हतार हतारमा सुरु गरिएको अनलाइन कक्षा कति कक्षादेखि र कुन उमेर समूहका बालबालिकालाई पढाउनु ठिक हुन्छ भनेर कुनै खासै अध्ययन गरिएको पाइँदैन, चित्रकारले भने ।
माध्यमिक तहको विद्यार्थीलाई अनलाइन कक्षाले केही फाइदा गरेपनि स–साना बालबालिकालाई भने अनलाइन कक्षाको कुनै अर्थ नभएको बताउँछन् । उनि मात्र होइन सम्झना कोल्ड स्टोरको संचालक निर्मला शाहीको समस्या पनि त्यस्तै छ । दुई कक्षामा पढ्ने छोराको अनलाइन कक्षा लिन सकेको छैन उनले भने, हामी दुबै श्रीमान्श्रीमती दुबै मासुको व्यवसाय गर्छौैं, विहान पसल खोल्नै प¥र्यो । छोराको अनलाइन कक्षा कसरी लिने समय हुन्छ, त्यसमाथि घरमा इन्टरनेट पनि राखेको छैन ।गोरखापत्र







