January 17, 2021, Sunday
२०७७ माघ ५, सोमबार

युनाइटेडको सहज जित

  • 17
    Shares

काठमाडौं, म्यानचेस्टर युनाइटेड मंगलबार च्याम्पियनसिप टोली लुटन टाउनमाथि ३–० को जित हात पार्दैै इङ्लिस लिग कपको चौथो चरणमा प्रवेश गरेको दिन वेस्ट ह्यामको भने प्रशिक्षक डेविड मोइस र अन्य दुई खेलाडीमा खेलअघि कोरोना संक्रमण पुष्टि भएपछि हल सिटीमाथि हात पारेको ५–१ को प्रभावशाली जित छायामा परेको छ ।

मोइससहित जस कुलेन र एसा डोइपले खेलअघि कोरोना पुष्टि भएपछि लन्डन स्टेडियम छोडेका थिए। तीनै जना अहिले सेल्फ आइसोलेसनमा बसेको र तीनै जनाको स्वास्थ्य स्थिति सामान्य रहेको क्लबले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यता, चौथो श्रेणीको टोली लेटन ओरियन्टका खेलाडीमा पनि कोरोना संक्रमण पुष्टि भएपछि इङ्लिस लिग कपअन्तर्गत टोटेनह्याम र लेटन ओरियन्टबीचको खेल पनि पछि सरेको छ ।नागरिक दैनिक

शीर्ष समाचार

धेरै पढिएको